+
+

अख्तियारका शाखा अधिकृत डेढ लाख घुससहित पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ १० गते १८:२७

१० माघ, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका शाखा अधिकृत खिमानन्द ज्ञवाली डेढ लाख घुससहित रंगेहात पक्राउ परेका छन् ।

फाइल फोटो
फाइल फोटो

अख्तियारको क्षेत्रीय कार्यालय, धनकुटामा कार्यरत शाखा अधिकृत ज्ञवालीले धनकुटाको ताङ्खुवा गाविसका तत्कालिन सचिवसँग उजुरी मिलाईदिन्छु भनि घुस लिएका थिए ।

रकम मागेको उजुरी परेपछि अनुसन्धानका क्रममा अख्तियारको टोलीले शाखा अधिकृत ज्ञवालीलाई १ लाख ५० हजारसहित पक्राउ गरेको हो । उनी अहिले अख्तियारको हिरासतमा छन् ।

ज्ञवालीले भ्रष्टाचार विरुद्धको अभियानमा धव्वा लगाउने निकृष्ट एवं निन्दनिय कार्य गरेको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?