+
+

नर्सिङ सुन्दरी प्रतियोगिता ‘मिस नेपाल पिस’को उपाधि विधि लम्साललाई

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ६ गते ११:५८

काठमाडौँ । काभ्रेकी नर्स विधि लम्सालले ‘मिस नेपाल पिस २०२४’ को उपाधि जितेकी छन् । नेक्स्ट मोडल्स नेपालको आयोजनामा शनिबार आयोजित फिनालेमा उनले २३ नर्सिङ सुन्दरीलाई पछि पारिन् । उपाधिसँगै उनले उत्कृष्ट व्यक्तित्वको सहविधा समेत जितिन् ।

नागरिक कलेज अफ हेल्थ साइन्सेसबाट लम्सालले बीएस्सी नर्सिङ अध्ययन गरेकी छन् । पदयात्रामा रुचि भएकी उनी सकारात्मक ऊर्जासहित नर्सिङ पेशालाई अघि बढ्ने बताउँछिन् । उपाधि जितेसँगै उनले मिस ग्लोबलमा मुलुकको प्रतिनिधित्व गर्ने अवसर पाएकी छन् ।

भक्तपुरकी अनिशा पराजुली फस्ट रनरअप र काठमाडौंकी पला रेग्मी सेकेन्ड रनरअप भए । पराजुलीले बौद्धिक सुन्दरीको सहविधा जितिन् । उनी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा साइकियाट्रिक नर्सिङमा स्नातकोत्तर अध्ययनरत छिन् । विनायक कलेज अफ हेल्थ साइन्सबाट पीसीएल नर्सिङ उत्तीर्ण रेग्मीले मस्ट चार्मिङको टाइटल प्राप्त गरिन् ।

नम्रता श्रेष्ठ, प्रशान्त ताम्राकार, डा. सुवास आचार्य, डा. सुजिता हिराचन, डा. स्मृति मास्के, सजना केसी र टीकाराम बुढाथोकी निर्णायक रहेको फिनालेमा स्पेसल अवार्ड नर्स विथ प्रपोज मोनिका थापा मगर, मस्ट फोटोजेनिक र बेस्ट स्किन सदिति श्रेष्ठ, मस्ट पपुलर र पब्लिक च्वाइस लस्ता श्रेष्ठ, मिस फिटनेस सलिना बादे र मस्ट ट्यालेन्ट दिव्या बम ठकुरी बने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?