Comments Add Comment

दिल्लीमा ओबामालाई मोदीको स्वागत

११ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति बाराक ओबामा आइतबार विशेष विमान चढेर भारतको नयाँदिल्ली आइपुगेका छन् । ओबामा तीन दिने भारत भ्रमणका क्रममा ओबामा भारत आएका हुन् ।

पत्नी मिचेलसहित इन्दिरा गान्धी विमानस्थलमा भारतीय समय अनुसार बिहान ९ बजेर ३८ मीनेटमा ओर्लिएका राष्ट्रपति ओबामालाई रिसिभ गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैं विमानस्थल पुगेका थिए । मोदीले ओबामासँग अंकमाल गरेर गला मिलाएका थिए ।

ओबामालाई लिन भारतीय प्रधानमन्त्री आफैं उपस्थित भएकोमा भारतका केही मिडियाले प्रोटोकोल मिचिएको टिप्पणी गरेका छन् ।

दिल्ली ओर्लिएका अमेरिकी राष्ट्रपति ओबामाले आइतबार नै भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग शिष्टाचार भेट गरे । त्यसक्रममा उनलाई राष्ट्रपति प्राङगणमा २१ तोपको सलामी दिइयो ।

अमेरिकी पाहुना र भारतीय प्रधानमन्त्री मोदीवीच आइतबारै हैदरावाद हाउसमा कुराकानी भएको छ ।
भारत भ्रमणका क्रममा अमेरिकी राष्ट्रपतिले परमाणु उर्जा एवं दुई देशीय सहयोगका विषयमा कुराकानी गर्ने छन् ।

भारतमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षाकै कारण ओबामाले ताजमहल अवलोकन गर्ने कार्यक्रम रद्द गरिएको छ । राजनीतिक भेटघाट बाहेक उनले महात्मागान्धीको समाधिस्थलबाहेक अन्यत्रको भ्रमण नगर्ने जनाइएको छ ।
-बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment