Comments Add Comment

ओबामाले हिन्दीमा भने-मेरा प्यार भरा नमस्कार’

modi and barackobama_624x351_getty११ माघ, काठमाडौं । भारत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति बाराक आबामाले आफ्नो सम्बोधनको प्रराम्भमा हिन्दी भाषामा सम्बोधन गरेपछि सोसल मिडियामा भारतीयहरुले प्रशन्नता व्यक्त गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गरिसकेपछि आफ्नो पालोमा सम्बोधन सुरु गर्दै ओबामाले हिन्दी भाषामा भने-‘नमस्ते इण्डिया, मेरा प्यार भरा नमस्कार ।’

हैदरावाद हाउसमा आइतबार अपरान्ह आयोजित मोदीसँगको संयुक्त पत्रकार सम्मेलनमा ओबामाले बलिउडको स्टारलाई जस्तै आफूलाई स्वागत गरिएको भन्दै मोदीलाई धन्यवाद दिए । भारत आउँदा आफू रोमाञ्चित भएको उनले पत्रकार सम्मेलनमा बताए ।

मोदीले पत्रकार सम्मेलनमा बोल्दै अमेरिकासँग उर्जा, प्रविधि र सुरक्षाका केही क्षेत्रमा सहयोग बढाउने बताए । अमेरिकासँग भारतको सम्बन्ध महत्वपूर्ण रहेको मोदीले बताए ।

तीन दिने भ्रमणका लागि ओबामा आइतबार बिहान भारत आइपुगेका हुन् । सोमबार भारतको गणतन्त्र दिवसका दिन ओबामा दिल्लीमा हुने परेडको मुख्य अतिथि बन्नेछन् ।

अमेरिकी राष्ट्रपतिले हिन्दी शब्द उच्चारण गरेजस्तै गत साउनमा नेपाली संसदमा भारतीय प्रधानमन्त्री मोदीले केहीबेर नेपाली बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment