Comments Add Comment

काभ्रेमा क्रिकेट विकासको संस्थागत पहल

२० माघ, काभ्रे । काभ्रेमा क्रिकेट खेलको विकासका लागि संस्थागत प्रयास सुरु भएको छ । जिल्लामा रहेका क्रिकेट खेलाडी, सञ्चारकर्मी, क्रिकेट समर्थक लगायतको समूहले क्रिकेटको विकासका लागि संस्थागत पहल सुरु गरेको हो ।

Kavre-Cricket-Foundationअन्तर्राष्ट्रियरुपमा नेपाली क्रिकेटले राम्रो प्रगति गरे पनि घरेलु क्रिकेटको भने विकास हुन नसकेको भन्दै जिल्लामा क्रिकेट खेलको विकास गर्नका लागि उनीहरुले काभ्रे क्रिकेट फाउण्डेसन नामक संस्था स्थापना गरेका छन् । राष्ट्रिय खेलकुद परिषद अन्तर्गतको जिल्ला खेलकुद विकास समिति फाउन्डेस दर्ता गरिएको छ ।

फाउण्डेसनको अध्यक्षमा विनोद न्यौपाने छन् । यस्तै उपाध्यक्षमा रविन मानन्धर, सचिवमा शुभराज अधिकारी, सहसचिवमा इन्द्रलक्ष्मी घिमिरे तथा कोषाध्यक्षमा भुवन रायमाझी छन् ।

यस्तै सदस्यहरुमा केदार तिमल्सिना, कपिल कोइराला, ज्ञानेन्द्र थापा र उत्सव कँडेल छन् । ११ सदस्यीय कार्यसमितिमा २ सदस्य पछि थप गरिने बताइएको छ ।

घरेलु क्रिकेटको विकास नभएसम्म अन्तर्राष्ट्रियस्तरमा हासिल गरेका उपलव्धी कायम राख्न नसकिने भएकाले जिल्लामा पनि क्रिकेट गतिविधि सञ्चालन गर्न संस्था स्थापना गरिएको अध्यक्ष न्यौपानेले जानकारी दिए । उनले केही महिनाभित्रै जिल्लामा क्रिकेट प्रतियोगिता आयोजना गर्ने पनि बताए ।

काभ्रेमा एक दशकअघि नै क्रिकेटका केही प्रतियोगिता आयोजना भएका थिए । तर, त्यसपछि क्रिकेट गतिविधि सुस्ताएको अवस्थामा छ । विशेषगरी विद्यार्थीहरुले क्रिकेट खेल्ने गरे पनि कुनै औपचारिक प्रतियोगिताहरु नहुँदा उनीहरुको प्रतिभा प्रष्फुटन हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment