Comments Add Comment

करिना, विद्यालाई पछि पार्दै नेपालकी आस्था उत्कृष्ट ५० मा

Aasth pokhrel (1)
‘किङफिसर सुपरमोडल’को दोश्रो संकरणकी विजेता नेपाली मोडल आस्था पोख्रेल ‘टाइम्स मोस्ट डिजायरेवल अफ फेम’को उत्कृष्ट ५० को सूचीमा परेकी छिन् ।

उनीसँगै बलिउडका चर्चित नायिकाहरु दीपिका पादुकोण, प्रियंका चोपडा, कट्रिना कैफ, कंगना रनावत, सोनम कपुर, आलिया भट्ट, यमी गौतम लगायत  यो सूचीमा परेका छन् ।

यो सूचीमा बलिउडका चर्चित नायिकाहरु विद्या बालन, करिना कपुर पर्न सकेका छैनन् । नेपाली मूलकी नायिका गिताञ्जली थापाले  पनि यो सूचीमा आफ्नो स्थान बनाएकी छिन् ।

अब उत्कृष्ट ५० बाट टप १० को नाम निकालिने छ । एसएमएस भोटिङ र आन्तरिक मुल्यांकनका आधारमा उत्कृष्ट १० को नाम निकालिने छ । गतबर्ष यो सूचीको नम्बर १ मा बलिउड नायिका दीपिका पादुकोण थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment