+
+

वातावरणमैत्री ‘ई-वेस्ट व्यवस्थापन’ अभियान सुरु

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २२ गते ११:४०

२२ माघ, ललितपुर । अमेरिकी दुतावास युवा परिषदले वातावरणमैत्री ‘ई-वेस्ट व्यवस्थापन’ अभियान सुरु गरेको छ । युवाहरुलाई समाज विकासका कार्यक्रमहरुमा सक्रिय गराउने उद्देश्यले अमेरिकी दूतावासको सहयोगमा अभियान सुरु गरिएको हो ।

Anil-Acharya-speaking-at-E-WASTE-MANAGEMENT-PRESS-MEET

  • अभियानबारे जानकारी दिँदै अनिल आचार्य । तस्वीर : ई वेष्ट म्यानेजमेन्ट

वातावरण मैत्री अभियानबारे बिहीबार ललितपुरस्थित ई-वेस्ट व्यवस्थापनको कार्यालयमा जानकारी गराइएको थियो ।

‘हामीले घर र अफिसमा बिग्रिएर वा काम नलाग्ने भएर थन्किएका कम्प्युटर, ल्यापटप, पि्रन्टिङ मेसिन, टेलिफोन लगायतका विद्युतीय फोहोरहरु वातावरणमैत्री हिसाबमा पुनः प्रयोगमा ल्याएका छौं, त्यसबाहेक विभिन्न समुदायका युवाहरुलाई प्रशिक्षण दिएर रोजकारीको लागि प्ल्याटफर्म दिएका छौं,’ अभियानको नेतृत्व गरिरहेका अनिल आचार्यले भने ।

घर र अफिसमा बिग्रिएर वा काम नलाग्ने भएर थन्किएका विद्युतीय सामाग्रीहरुलाई वातावरणमैत्री हिसाबले ईन्जिनियरहरुको सहकार्यमा पुनः प्रयोगमा ल्याएर ग्रामीण भेगका स्कुल, लाइब्रेरी, युवा क्लब र समुदायमा निःशुल्क प्रदान गरिनेछ । अभियानको सुरुवात गर्न विभिन्न स्कुल, अफिसहरुबाट बिगि्रएर थुपारिएका कम्युटर, ल्यापटप, प्रिन्टिङ मेसिन, टेलिफोन र टेलिभिजन लगायतका विद्युतीय फोहोरहरुलाई संकलन गरिएको थियो ।

‘नेपाली समाज विकासमा सक्रिय भएर लागेका विभिन्न समुदाय र पेशासँग आवद्ध युवाहरुले विभिन्न अभियानहरु सञ्चालन गरिरहेका छन् । ‘ई वेस्ट व्यवस्थापन’ त्यसै अन्तर्गतको एक हो ।

‘पूर्वदेखि पश्चिमसम्मका युवाहरु परिषदमा रहेर एकअर्कालाई सहकार्य गरिरहेका छौं । यसले युवाहरुमा नेत्तृत्व विकास, आत्मविश्वास र क्षमता अभिवृद्धि गरेको छ,’ अमेरिकी दुतावास युवा परिषदकी स्मृति ढुंगानाले भनिन् ।

कार्यक्रम आयोजना अमेरिकन दूतावास र ‘युवा’ नामक संस्थाले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?