२३ माघ, काठमाडौं । आयरल्याण्डले वर्ल्डकप क्रिकेटका लागि अष्ट्रेलियाका पूर्व बलर ब्रेट लीलाई बलिङ प्रशिक्षक नियुक्त गरेको छ ।
वर्ल्मा लगातार तेस्रो पटक सहभागिता जनाउन लागेको आयरल्याण्डले लीलाई छटो अवधीका लागि बलिङ प्रशिक्षक नियुक्त गरेको हो । ३८ बर्षीय ब्रेट लीले सन्यास लिइसककेा छन् । वन डे र टेस्ट क्रिकेटमा गरी उनले ६९० विकेट लिएका थिए ।
‘ब्रेट लीसँग फास्ट बलिङको राम्रो नलेज छ । उनलाई अष्ट्रेलियन पिचको बारेका पनि राम्रोसँग थाहा छ’ आयरल्याण्डका मुख्य प्रशिक्षक फिल सिमोन्सले भने-‘यसले समूह चरणका खेलहरु अघि हाम्रा बलरहरुलाई थप बलियो बनाउने छ ।’
दुर्इ पटकका विश्व च्याम्पियनसँग भएको अनुभवले बलरहरुलाई फाइदा पुग्ने आयरल्याण्डको विश्वास छ । प्रशिक्षक सिमोन्सले भने-‘विशेष गरी ग्लोबल इभेन्टको बेला लिभिङ लेजेन्डबाट सिक्न पाउनु ठुलो कुरा हो ।’
आयरल्याण्ड वर्ल्डकपको समूह बीमा छ । उसले डिफेण्डिङ च्याम्पियन भारतसँगै पाकिस्तान, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, जिम्बाबे र युएइसँग खेल्ने छ ।
प्रतिक्रिया 4