Comments Add Comment

अनौठो रेष्टुरेन्ट, जहाँ बाँदरले खाना टक्राउँछ

masked-monkey-waiter-1_14
भनिन्छ बुद्धिमानीको हिसाबमा मानिसको सबैभन्दा निकटतम प्राणी बाँदर नै हो । यदि यो कुरालाई आफ्नै आँखाले देख्नु वा भोग्नु छ भने जापानको राजधानी टोकियोस्थित एक रेष्टुरेन्ट गए पुग्छ ।

टोकियोको काबुकी रेष्टुरेन्ट यसकारण निकै चर्चित बनिरहेको छ की त्यहाँ ग्राहकबाट खानेकुराको अर्डर लिने तथा खानेकुरा टक्राउने लगायतका काम गर्ने कर्मचारीहरु मानिस छैनन् । उक्त रेष्टुरेन्टमा वेटरको रुपमा बाँदरलाई काममा लगाइएको छ ।

वेटर बाँदरले रेष्टुरेन्टमा आएका पाहुनालाई केवल मेनू मात्र दिँदैन, खानाको अर्डर लिने र अर्डर बमोजिमको खानेकुरा टक्राउने काम समेत गर्छर् । वेटर बाँदरले मानिस वेटरले जस्तै पहिरन लगाएको हुन्छ ।

सायद बाँदरले खाना टक्राउने यो विश्वको पहिलो र एकमात्र रेष्टुरेन्ट हो । यो फण्डाका कारण आजकल काबुकी रेष्टुरेन्ट निकै लोकपि्रय बनिरहेको छ । मानिसहरु यो रेष्टुरेन्टको खानेकुरा तथा सेवा निकै मन परेका कारण भन्दापनि वेटरको रुपमा रहेको बाँदरलाई हेर्न र उसको सेवा लिने उक्त रेष्टुरेन्टमा ओइरिने गरेका छन् ।

यो रेष्टुरेन्टका मालिकका अनुसार आफ्नो घरमा पालेका दुइवटा बाँदरले आफुले गर्ने कामको नक्कल गरेको देखेपछि आफुलाई ती बाँदरलाई रेष्टुरेन्टमा वेटर बनाउने आइडिया फुरेको बताउँछन् ।
येट चेन र फुकु चेनका नामका ती दुइ बाँदरले सन् २००८ देखि वेटरको काम गरिरहेका छन् । यी दुबैले पाहुनाका लागि मिलिजुली सेवा प्रदान गर्दछन् ।

बाँदरलाई यसरी काममा जोताउनु गैरकानूनी हुने कुरा रेष्टुरेन्टका मालिकलाई थाहा छ । उसो त जापानमा जनावरलाई दिनमा २ घण्टाभन्दा बढि समय काममा लगाउन पाइन्न । त्यसैले आजकल रेष्टुरेन्टमा अरु बाँदर पनि थप गरी हरेकलाई बढिमा २ घण्टासम्म मात्र काममा लगाउने रणनीति उनले लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment