२५ माघ, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सात अंकको अग्रता कायम गरेको छ ।
शनिबार राति भएको खेलमा दोस्रो स्थानमा रहेको म्यानचेष्टर सिटी हल सिटीसँग १–१ को बराबरीमा रोकिँदा चेल्सीले एस्टनभिल्लाई २–१ ले पराजित ग¥यो ।
जितसँगै लिग लिडर चेल्सी २४ खेलबाट ५६ अंकका साथ शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको सिटीको ४९ अंक छ ।
भिल्ला पार्कमा भएको खेलमा चेल्सीले आठौं मिनेटमा इडेन हजार्डको गोलबाट अग्रता लिएको थियो । दोस्रो हाफको सुरुमा नै एस्टनभिल्लाले बराबरी गोल फर्कायो ।
तर, ६६ औं मिनेटमा इभानोभिचले गोल गर्दै चेल्सीलाई २–१ को अग्रता दिलाए । खेलमा थप गोल हुन सकेन र चेल्सी २–१ ले विजयी भयो ।
अर्को खेलमा सिटी भने अन्तिम मिनेटमा मिल्नरले गरेको गोलको मदतमा हलसँग हारबाट जोगिएको थियो । ३५ औं मिनेटमा गोल खाएको सिटीका लागि मिल्नरले अतिरिक्त समयमा बराबरी गोल गरे ।
शनिबार राति नै भएको खेलमा साउथह्याम्पटनले क्यूपीआरलाई १० ले पराजित गरेको छ । जितपछि साउथह्याम्पटन ४५ अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
प्रतिक्रिया 4