Comments Add Comment

दुर्घटनामा ३ जनाको मृत्यु

२५ माघ, काठमाडौं । झापा र नवलपरासीमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

झापाको शिवशताक्षी नगरपालिका-८ मा आइतबार दिउसो को १ ख २८९६ नम्बरको यात्रुबाहक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी ९ का २५ वर्षीय अच्युत गेलाल र पछाडि सवार सोही स्थानकी ३० वर्षीया गंगादेवी पौडेल छन् ।

बिर्तामोडबाट बिराटनगरतर्फ गइरहेको बसले राजमार्गमा भैंसी र को १७ प ५८७५ नम्बरको मोटरसाईकललाई ठक्कर दिई रुखमा गएर ठोक्किएको थियो ।

दुर्घटनामा बस चालक शिवशताक्षी ४ का मिलन विकसहित २१ यात्रु घाईते भएका छन् । घाईतेमध्ये एकजनाको अवस्था गम्भिर छ । गम्भीर घाइतेलाई विराटनगरस्थित न्यूरो अस्पताल पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका असई कालीदास रेग्मीले जानकारी दिए ।

नवलपरासीमा महिलाको मृत्यु

यसैगरी नवलपरासीको सुनवल ७ चारपालामा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । १२ जना घाईते भएका छन् ।

आइतबार दिउँसो १२ वजे ८ नम्बरबाट ज्यामिरेतर्फ आउँदै गरेको ना १ ज १२५८ नम्बरको जिप स्टेरिङ फेल भएर बिजुलीको पोलमा ठोक्किदा धरमपुरकी ३० वर्षीया कमला विकको मृत्यु भएको थियो ।

दुर्घटनामा घाईते भएकाहरुको त्रिलोत्तमा अस्पताल बुटबलमा उपचार भईरहेको छ । जिप र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment