Comments Add Comment

हङकङमा देखाइयो ८ बर्षिय निर्देशकको ‘लभ यू बाबा’

love-u-baba-show
समिक्षा राम्रो पाएर पनि नेपालमा व्यवसायिक रुपमा सफल हुन नसकेको चलचित्र ‘लभ यू बाबा’को विशेष शो हङकङमा भएको छ । ८ बर्षिय निर्देशक सौगात बिष्टले निर्देशन गरेको यो चलचित्र हेर्न करिब ५ सय जना हङकङमा रहेका नेपालीहरु उपस्थित थिए । उनीहरुले ८ बर्षका बालकले पनि यस्तो चलचित्र बनाउन सक्दारहेछन् भन्दै तारिफ गरेका थिए ।

नेपाल महिला संघ हङकङको आयोजनामा गरिएको च्यारेटी शो ‘पीए’ नेपालको सहयोगार्थ गरिएको हो । गजित बिष्ट, संगम बिष्ट, निष्मा घिमिरे, अशिष्मा नकर्मी  लगायतका कलाकारले अभिनय गरेको यो चलचित्र नेपालमा भने मंसिर २६ गतेबाट प्रदर्शनमा आएको थियो ।

बाबु छोरीको सम्बन्धलाई देखाइएको यो चलचित्रलाई संझना पोख्रेलले निर्माण गरेकी हुन् । ८ बर्षका निर्देशक सौगात बिष्टको नाम ‘गिनिज बुक अफ द वल्र्ड रेकर्ड’मा लेखिने क्रममा छ । उनको नाम गिनिज बुकमा लेखिएको खण्डमा यो नेपाली चलचित्र र नपालकै लागि ठूलो उपलब्धी बन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment