Comments Add Comment

‘सुनगाभा’ घरमै हेर्न पाइने, विक्री हुन छाड्यो डीभीडी

sungava-digital
नेपाली चलचित्रको डीभीडी विक्री ह्वात्तै घटेको छ । हाइटेक इन्टरटेन्मेन्टका प्रोपाइटर राजेन्द्र मानन्धरले ‘लुट’ चलचित्र पछि नेपाली चलचित्रको डीभीडी विक्री हुनै छाडेको बताएका छन् ।

काठमाण्डौमा चलचित्र ‘सुनगाभा’को डीभीडी सार्वजनिक गर्ने क्रममा उनले कुनै समय १० हजारसम्म विक्री हुने डीभीडी अहिले २ हजार पनि बेच्न गाह्रो परेको गुनासो गरे । युटुब र बढ्दो अनलाइन पाइरेसीका कारण यो समस्या आएको उनको भनाई छ । चलचित्र ‘सुनगाभा’लाई नेपाली र फ्रान्स भाषामा डीभीडीमा हेर्न सकिनेछ ।

दुई महिलाविच हुने आकर्षकणको कथालाई उठान गरेको चलचित्र ‘सुनगाभा’को डीभीडी बजारमा आएसँगै अब दर्शकले यसलाई घरमै बसेर हेर्न पाउने भएका छन् ।

सन् २०१३ मा प्रदर्शनमा आएको यो चलचित्रले कमजोर व्यापार गरेपनि विश्वमा आयोजना भएको विभिन्न चलचित्र सम्बन्धी महोत्सवमा भने आफूलाई उपस्थित गराएको थियो ।

दीया मास्के, सौगात मल्ल, निशा अधिकारीको मुख्य भूमिका रहेको यो चलचित्रको बिषयवस्तु हेर्नै पर्ने खालको भएकाले दर्शकलाई घरमै बसेर चलचित्र हेर्ने अवसर दिन डीभीडी सार्वजनिक गरेको निर्देशक सुवर्ण थापाको भनाई छ । डीभीडी सार्वजनिक कार्यक्रममा दीया मास्के, सौगात मल्ल उपस्थिती थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment