+
+

ओली ‘नयाँ जंगबहादुर’ बन्न खोजे : डा भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २८ गते १७:५६

२८ माघ, कञ्चनपुर । एमाओवादी वरिष्ठ नेता डा. बाबुराम भट्टराईले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जंगबहादुरको जस्तो व्यवहार प्रदर्शन नगर्न सुझाव दिएका छन् । उनले संविधानसभामा मतदान प्रक्रिया नरोकिए देशमा दुर्घटना हुने चेतावनी समेत दिए ।

फाइल फोटो
फाइल फोटो

क्रान्तिकारी पत्रकार संघले बुधबार कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टराईले जंगबहादुर बन्ने प्रवृति रोक्न सबै पक्षले सहयोग गर्नुपर्ने बताए ।

उनले भने-‘जो अहिले नयाँ जंगबहादुर बन्ने सपना देखेर देशलाई दुर्घटनामा लाँदैछन्, त्यसलाई रोक्नका लागि नागरिक समाज र सबै प्रभुत्व नेपालीले आवाज उठाइदिनुपर्‍यो ।’

बाह्रबुँदे समझदारीदेखि यताका सहयात्रीको बीचमा सहमति निर्माण गर्नुको साटो फाटो पारेर अगाडि बढ्ने प्रवृत्तिलाई रोक्न र देश दुर्घटनामा जानबाट रोक्न भट्टराईले सबैलाई अपिल गरे ।

‘यो मतदानको प्रक्रिया रोक्नु भएन भने देश दुर्घटनामा गयो गयो तपाईंले लेखेर राख्नुहोला, हामीले फेरि कतिबर्ष दुःख पाएर फेरि एउटै टेबुलमा आउँछौं,’ डा. भट्टराईले भने ।

बृहत् शान्ति सम्झौता र १२ बुँदे सहमतिमा प्रत्यक्ष संलग्न रहेका पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नहुँदा देशमा संकट आइलागेको भट्टराईले धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?