+
+

मृत्युपछि फेसबुक अकाउण्ट आफै ‘डिलिट’ हुने, अपुताली समेत सुम्पिन सकिने

मानिस मरेसँगै फेसबुक अकाउण्ट पनि स्थायी रुपमा डिलिट हुने वा हट्ने भएको छ । साथै फेसबुक प्रयोगकर्ताको मृत्युपछि अरुलाई अपुताली सुम्पन सकिन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन ३ गते ९:४१

13527381_h22199381
हुनत सारा धन सम्पत्ति छाडेर आफु नै मरेपछि जाबो फेसबुक अकाउण्टको हालत के होला भनेर कसले पो चिन्ता गर्ला र ? तर, मानिस मरेपछि उसको फेसबुक अकाउण्टका विषयमा उसका साथीभाइ तथा घरपरिवारलाई भने चासो हुन्छ । कसैले मृतकको फेसबुक वालमा गलत कुरा पो राखिदिन्छन् की वा फेसबुकमा जिउँदो छँदा राखेका पोष्टहरुलाई गलत ढंगले अर्थ्याउँछन् की भन्ने चिन्ता रहन्छ ।

फेसबुकलाई अकाउण्टवाला मानिस मरेको थाहा हुने कुरै भएन । त्यसैले ऊ मरे पनि उसको अकाउण्ट रहिरहन्छ । तर, अब भने मानिस मरेसँगै फेसबुक अकाउण्ट पनि स्थायी रुपमा डिलिट हुने वा हट्ने भएको छ ।

फेसबुकले नयाँ सेटिङ थप गरेको छ जसमा प्रयोगकर्ताले आफ्नो मृत्युपछि आफ्नो अकाउण्टलाई खारेज गर्ने वा अकाउण्टको स्वामित्व अरुलाई हस्तान्तरण गर्ने भन्ने विषयको छनोट गर्न सक्छन् ।

फेसबुकले थप गरेको लेगासी कन्ट्याक्ट फिचर तत्कालका लागि भने अमेरिकामा मात्र उपलब्ध छ ।

face-book

फेसबुकको संस्मरणात्मक पेज नीतिमा प्रतिक्रिया तथा सुझाव व्यक्त गर्ने धेरै प्रयोगकर्ताले मान्छेको मृत्युपछि फेसबुक अकाउण्टको अवस्थाका विषयमा दिएको सुझावका आधारमा फेसबुकले यस्तो फिचर थप गरेको हो । धेरै मानिसहरुले आफ्नो प्रिय व्यक्तिको मृत्युपछि उसको फेसबुक अकाउण्ट खोल्न सक्ने सुविधा आफूलाई दिन समेत माग गरेका थिए ।

नयाँ फिचर सार्वजनिक गर्दै फेसबुकले भनेको छ, ‘जब मानिसको मृत्यु हुन्छ तब उसको फेसबुक अकाउण्ट जिवन, मित्रता तथा अनुभवको संस्मरण बन्दछ ।’

यस फिचर अन्तरगत यदि मृत्युपछि आफ्नो पेज व्यवस्थापन गर्न कसैलाई अनुमति दिने अप्सन छनोट गरियो भने छनोट गरिएको व्यक्ति मृतकको फेसबुक वालको संस्मरणात्मक टाइमलाइनमा निधनका विषयमा सामाग्री पोष्ट गर्न सक्नेछ, नयाँ साथीहरुको रिक्वेस्टको जवाफ दिन सक्नुका साथै प्रोफाइल पिक्चर र कभर फोटो समेत अपडेट गर्न सक्नेछ ।

साथै फेसबुक प्रयोगकर्ताले आफ्नो मृत्युपछि अरुलाई अपुताली सुम्पन सक्छ । जसअनुसार त्यसरी अपुताली लिने व्यक्तिले मृतकको फेसबुक अकाउण्टबाट फोटो, पोष्ट तथा प्रोफाइल जानकारीहरु डाउनलोड गर्न सक्छ । तर त्यस्तो व्यक्तिले प्रयोगकर्ताकै रुपमा अकाउण्ट लगइन गर्न र निजि मेसेजहरु हेर्न भने पाउनेछैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?