+
+

यस्तो हुनेछ ग्यालेक्सी S 6 को शक्तिशाली क्यामेरा (भिडियो सहित)

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन ७ गते ९:०५

galaxy-s6
ग्यालेक्सी सिरिजका बहुचर्चित तथा लोकप्रिय स्मार्टफोन निर्माता दक्षिण कोरियाली कम्पनी सामसुङ आफ्नो नयाँ स्मार्टफोन ग्यालेक्सी एस सिक्सको तयारीमा जुटिरहेको छ ।

निकट भविष्यमै सामसुङले बजारमा ल्याउने तयारी गरिरहेको एस सिक्सका फिचर्सहरुबारे विभिन्न खाले अड्कलबाजी तथा भविष्यवाणीहरु भैरहेका छन् ।

यसैबीच सामसुङले ग्यालेक्सी एस सिक्समा निकै उच्च क्षमतायुक्त क्यामरा हुने औपचारिक खुलासा गरेको छ ।

सामसुङले ग्यालेक्सी एस सिक्सको आकार निर्धारण गर्दै एक टिजर भिडियो सार्वजनिक गरेको छ ।

यो भिडियोबाट प्रष्ट हुन्छ की ग्यालेक्सी एस सिक्सको चर्चायोग्य फिचर्समा उच्च क्षमतायुक्त क्यामरा पनि एक हुनेछ ।

सामसुङका वरिष्ठ उपाध्यक्ष डांगहून ज्यांगले कम्पनीको आधिकारिक ब्लगमार्फत ग्यालेक्सी सिरिजका स्मार्टफोनमा हुने क्यामरामा आएको परिवर्तनका विषयमा एक लेख नै प्रकाशित गरेका छन् ।

त्यसमा सुरुवाती स्मार्टफोनमा प्रयोग भएका क्यामरादेखि एस फाइभमा रहेको १६ मेगापिक्सेलको क्यामरा सम्मको इतिवृत्त उल्लेख गरिएको छ ।

यावत् पृष्ठभूमि दर्शाउँदै ज्यांगले ग्यालेक्सी एस सिक्समा हुने क्यामरा फिचरको बारेमा समेत उल्लेख गरेका छन् ।

उनका अनुसार सामसुङले इन्टेलिजेन्ट क्यामरा प्रविधिको विकाश गरेको छ । यसले स्मार्टफोन प्रयोगकर्तालाई जस्तोसुकै परिस्थितिमा समेत निकै राम्रो तस्वीर खिच्न सम्भव हुन्छ ।

उनका अनुसार अब स्मार्टफोन प्रयोगकर्ताले स्मार्टफोन क्यामराको बटन दबाउनु बाहेक तस्वीरको गुणस्तरका विषयमा कुनै चिन्ता लिनु पर्नेछैन ।

सामसुङले निकट भविष्यमा सार्वजनिक गर्ने ग्यालेक्सी एस सिक्स र एस सिक्स एज स्मार्टफोनमा २० मेगापिक्सेलको मुख्य क्यामेराका साथै ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा राख्ने समाचार लामो समयदेखि चर्चामा छ ।

साथै अब आउने स्मार्टफोनमा प्रो मोड नामक क्यामरा फिचर समेत हुनेछ जसमा तिनवटा फोकस अप्सन हुनुका साथै म्यानुअल फोकस मोड समेत रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?