+

विलियम्सको ब्याट चलेपछि जिम्बावेद्वारा यूएई पराजित

२०७१ फागुन  ७ गते ११:५५ २०७१ फागुन ७ गते ११:५५
विलियम्सको ब्याट चलेपछि जिम्बावेद्वारा यूएई पराजित

Sean williams

७ फागुन, काठमाडौं । शोन विलियम्सको अविजित ७६ रनको मद्दतमा जिम्बावेले यूएईलाई चार विकेटले पराजित गर्दै विश्वकप क्रिकेटमा पहिलो जित हात पारेको छ ।

जिम्बावे पहिलो खेलमा दक्षिण अफि्रकासँग ६२ रनले पराजित भएको थियो । १९ वर्षपछि विश्वकप खेलिरहेको यूएईले जिम्बावेलाई कडा चुनौती दिएपनि टेष्ट नेशनमाथि जित हात पार्ने मौका गुमाएको छ ।

न्यूजिल्याण्डको नेल्सनमा यूएईले प्रस्तुत गरेको २८६ रनको लक्ष्य जिम्बावेले अन्तिम २ ओभर बाँकी छँदा ६ विकेट गुमाएर भेट्टायो ।

पहिलो विकेटका लागि सिकन्दर राजा र रिगिस चकाब्वाले पहिलो विकेटका लागि ६४ रनको साझेदारी गरे पनि पावर प्लेपछि जिम्बावेको पारी केही धरमराएको थियो ।

तर, शोन विलियम्स र क्रेग इरविनले छैटौं विकेटका लागि ८३ रनको साझेदारी गर्दै जितको आधार तयार पारे । छैटौं विकेटका रुपमा इरविन ४२ रनमा आउट भएपछि यूएइ खेलमा फर्कने संकेत देखिएको थियो ।

तर, विलियम्स क्रिजमा टिकिरहे र कप्तान एल्टन चिगाम्बुरासँग अविजित ३६ रनको साझेदारी गर्दै जिम्बावेलार्इ जित दिलाए । विलियम्स ७६ रनमा अविजित रहे । ६५ बलको सामना गरेका उनले सातौ चौका र एक छक्का हाने ।

उसका लागि ब्रेन्डन टेलरले ४७ रन बनाए । यूएईका मोहम्मद टाकिरले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ७ विकेट गुमाएर २८५ रन बनाएको थियो ।

४० रन जोड्दा दुबै ओपनर (अमदाज अली ७ र एन्ड्री बेरेन्जर २२ ) लाई गुमाएको यूएईका लागि कृष्ण चन्दन र खुर्राम खानले तेस्रो विकेटका लागि ८२ को साझेदारी गरे । चन्दन ३० र मुर्खाम ४३ रनमा आउट भए ।

यस्तै स्वप्निल पटेल र शाइमन अनवरले पाँचौं विकेटका लागि ८२ रनको महत्वपूर्ण साझेदारी गरे । अनवरले ५७ रन बनाए भने पटेल २२ रनमा आउट भए ।

यस्तै अहजाद जाभेद र र मोहम्मद नाभिदले सातौ विकेटका लागि अविजित ५३ रनको साझेदारी गरेपछि यूएईले समानजनक स्कोर बनायो । जाभेद २४ र नाभिद २३ रनमा अविजित रहे ।

जिम्बावेका टेन्डाईले तीन विकेट लिए । शोन विलियम्स म्यान अफ दि म्याच बने ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय