+
+

एक करोडकाे लगानीमा भुसालले खाेले आबुधाबीमा मोबाइल पसल

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन ७ गते १२:१२

mobile shop abudhabiआबुधाबी । यूएईको राजधानी आबुधाबीको मुख्य बजारमा एक नेपालीले मोबाइल पसल सञ्चालनमा ल्याएका छन् । एनआरएनए यूएईका अध्यक्ष कृष्णप्रसाद भुसालले खोलेको उक्त पसल शुक्रवारदेखि सञ्चालन हुँदैछ ।

एनआरएनए यूएईका अध्यक्ष भुसालले दुबईमा स्थापित ब्यवसायी गोपी भुसाल र नेत्र शर्मासँगको सहकार्यमा हिमालय मोबाइल पसल खेलेका हुन् ।

आबुधाबी सिटीको क्राउनप्लाजा होटेल पछाडि रहेको मोबाइल पसलमा अत्याधुनिक मोडेलका स्मार्ट फोनहरु, लेटेस्ट मोडेलका ल्यापटपहरु, आइप्याड, ट्याब्लेट तथा सो सम्बन्धि एक्सेसरिजहरु बिक्रीका लागि उपलब्ध हुने भुसालले जनाए ।

डेढ दशक लामो जागिरे जीवनबाट बिदा लिंदै एनआरएनए यूएईका अध्यक्ष भुसालले ब्यवसायमा लगानी गरेका हुन् । आफूलाई लामो समयदेखि हरतरहले सहयोग गर्दै आइरहेका अति निकटका मित्रहरु गोपी भुसाल र नेत्र शर्माको विशेष पहलमा संयुक्त लगानी गर्दै ब्यावसायिक क्षेत्रमा अघि बढेको भुसाल बताउँछन ।

झन्डै एक करोड रुपैयाको लगानीमा सञ्चालन गर्न लागिएको उक्त मोबाइल पसल मार्फत खुद्रा बिक्री सँगसँगै थोक बिक्री पनि गरिने प्रमुख ब्यबस्थापक भुसालले बताए ।

पसल संचालनको पहिलो दिन सामान खरिद गर्ने ग्राहकहरुमध्ये एक जनालाई गोलाप्रथा मार्फत आकर्षक पुरस्कारको समेत ब्यवस्था गरिएको उनले जानकारी गराए ।

डेढ दशक यूएईमा रहँदा समाजका लागि योगदान पुर्याएको भन्दै भुसालले अब यहाँ क्रियाशील सामाजिक क्षेत्रका साथीहरुको साथ, सहयोग र समर्थन रहने विश्वास ब्यक्त गरेका छन् ।

यूएईका नेपाली समाजसेवीहरु, संघसंस्थाका प्रतिनिधिहरु लगायतको उपस्थितिमा यूएईका लागि नेपाली राजदुत धनन्जय झाले शुक्रवार पसलको उद्घाटन गर्ने कार्यक्रम छ ।

– उत्तम अधिकारीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?