Comments Add Comment

मनाङलाई हराउँदै आर्मी फाइनलमा

७ फागुन, काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबलाई टाइब्रकेरमा नेपाल आर्मी विराट गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

BIRAT-GOLDCUPबिहीबार भएको दोस्रो सेमिफाइनलमा मनाङ मस्र्याङ्दी क्लबलाई टाइब्रकेरमा ४-२ गोल अन्तरले पराजित गर्‍यो । अब अर्मीले उपाधिका लागि झापा ११ सँग खेल्नेछ ।

मनाङले भने यो सिजन अहिलेसम्म कुनै उपाधि जित्न सकेको छैन । अब उसले बुढासुब्बा र राष्ट्रिय लिग खेल्दैछ ।

स्थानीय सहिद रंगशालामा भएको खेलमा मनाङले पाँचौं मिनेटमा डोडोजको गोलबाट अग्रता लिएको थियो । तर, दोस्रो हाफको ७५ औं मिनेटमा नवयुग श्रेष्ठले आर्मीका लागि बराबरी गोल फर्काए ।

९० मिनेटमा दुबै टीमबाट थप गोल नभएपछि थपिएको ३० मिनेटमा पनि गोल हुन सकेन । र, खेलको निर्णय टाइब्रेकरबाट लिइयो ।

टाइब्रेकरमा आर्मीका गोलरक्षक विकेश कुथु नायक बने । उनले अनिल गुरुङ र विसाल राईकको प्रहार रोकेपछि आर्मीको जित सुनिश्चित भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment