८ फागुन, काठमाडौं । सशस्त्र प्रहरीको एपीएफ क्लब महिला राष्ट्रिय क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको दोस्रो सेमिफाइनलमा एपीएफले क्षेत्र नम्बर ५ नेपालगञ्जलाई ७ विकेटले पराजित गर्यो । अब एपीएफले शनिबार हुने उपाधि भिडन्तमा क्षेत्र नम्बर ७ जनकपुरको समना गर्नेछ ।
कीर्तिपुरमा नेपालगञ्जले प्रस्तुत गरेको ६६ रनको लक्ष्य एपीएफले १५.३ ओभरमा मात्र ३ विकेटको क्षतिमा भेट्टायो । उसका लागि सरिता मगरले २२ रन बनाइन् भने मधु थापाले १६ रनको योगदान दिइन् ।
यसअघि पहिले ब्याटिङ गरेको नेपालगञ्जले ३६.५ ओभरमा सबै विकेट गुमाएर ६५ रन बनायो । उसका लागि ममता थापाले अविजित २५ रन बनाए पनि अन्य ब्याट्सवुमनले दोहोरो अंक समेत जोड्न सकेनन् ।
नेपालगञ्जलाई सस्तैमा समेट्ने क्रममा रुविना क्षेत्रीले ८ ओभरमा २ मेडन राख्दै १२ रन दिएर ५ विकेट लिइन् । सरिता राना मगरले २ विकेट हात पारिन् । नेपालगञ्जकी रुविना क्षेत्री प्लेयर अफ दि म्याच बनिन् ।
प्रतिक्रिया 4