८ फागुन, काठमाडौं । घरमै लडेपछि अस्पताल भर्ना भएका बरिष्ठ संगीतकार अम्बर गुरुङको स्वास्थ्य स्थिति स्थिर तर, सुधारोन्मुख रहेको छ ।
राष्ट्रिय गीतका संगीतकार तथा संगीत तथा नाट्यकला प्रतिष्ठानका प्रथम कुलपति गुरुङको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।
केही वर्षयता पार्किन्सन्स र मधुमेहबाट पीडित ७७ बर्षिय गुरुङ बिहीबार बिहान घरमा अचानक अचेत भएर लडेको र टाउकोमा चोट लागेको अम्वरका छोरा राजु गुरुङले जानकारी दिएका छन् ।
गुरुङको अवस्था खतरामुक्त रहेको र उहाँ कुराकानी गर्नसक्ने अवस्थामा रहेको अस्पतालले जनाएको छ ।
शुक्रबार गरिएको सिटी स्क्यान लगायतका परीक्षणबाट मष्तिष्काघात नभएको स्पष्ट भएपनि उमेर र पार्कीन्सन र मधुमेहका कारण उहाँको शारिरीक कमजोरी बढ्दो क्रममा रहेकोले केही समय उच्च निगरानीमा उपचार गरिने चिकित्सकहरुको भनाइ छ ।
उहाँको उपचारमा ग्राण्डी अस्पताका मेडिकल डाइरेक्टर डाक्टर चक्रराज पाण्डे बरिष्ठ न्यूरो फिजिसियन डाक्टर राजु पौडेल र बरिष्ठ न्यूरो सर्जन डाक्टर अमित थापासहितको टीम संलग्न छन् ।
प्रतिक्रिया 4