+
+

सलमानले भनेः बिराट कोहली ‘मेट्रोसेक्सुअल’

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन १० गते ११:४३

Salman-Virat

मुम्बई । अरुका वारेमा हल्का टिप्पणी गरेर रमाइलो मान्ने कलाकारका रुपमा चिनिन्छन् सलमान खान । पछिल्लो पटक क्रिकेटर बिराट कोहलीलाई ‘मेट्रोसेक्सुअल’ भनेर सार्वजनिक कार्यक्रममै टिप्पणी गरे सलमानले ।

दुबईमा आयोजित एक ज्वेलरी स्टोरको उद्घाटनका लागि पुगेका सलमानले कार्यक्रम प्रस्तोताले आफ्नो तुलना बिराटसँग गरेपछि बिराटलाई ‘मेट्रोसेक्सुअल’ भनेर टिप्पणी गरेका थिए ।

ज्वेलरी उद्घाटन कार्यक्रम सुरु गर्दै प्रस्तोताले वल्डकप क्रिकेटको प्रसंग मात्रै निकालेनन्, सलमान र बिराट कोहली उत्तिकै क्षमतावान भनेर समेत फुक्र्याए ।

तर, सलमानलाई बिराटसँग तुलना गर्दा सानो भएको अनुभुति भएछ कि क्या हो तुरुन्तै जवाफ फर्काए ‘मलाई बिराटसँग तुलना नगर्नुस्, उनी काफी मेट्रोसेक्सुअल छन् , म त्यस्तो मान्छे हैन ।

अनुष्का शर्माको प्रेमी बिराटलाई सलमानले आफ्नो लुक्सको लागि चिन्तित रहेको भन्दै उनको शपिङ गर्ने शैलीको पनि आलोना गरे । यति कुरा गरिसकेपछि आफुलाई सम्हाल्ने प्रयाश गरे र प्रसंग बद्ले ।

मेट्रोसेक्सुअलको अर्थ आफ्नो फेसन र लुक्सप्रति चाहिनेभन्दा धेरै सचेत पुरुषलाई बुझिन्छ जसले आफ्नो आम्दानीको अधिकांस हिस्सा सपिङ गर्न र फेसनमा खर्च गर्छ ।

आफ्नो लागि बिबाह जरुरी नभएको दोहोर्‍याउँदै बच्चाको ईच्छा भने रहेको बताए । अहिले सलमान ‘प्रेम रतन धन पायो’ मा सोनम कपुरसँग गुजरातमा सुटिङ गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?