Comments Add Comment

यी हुन् नेपाल भित्रिन लागेका ‘चेन’ होटल

SHERATON-KATHMANDU_FRONT-FACE-Final
शेष घलेको लगानीमा ठमेल परिसरमा निर्माण भइरहेको शेराटन काठमाडाैं होटल ।

१० फागुन, काठमाडौं । अन्तर्राष्ट्रियरुपमै ख्याती कमाएका होटलहरु नेपालमा सञ्जाल (चेन) विस्तार गर्न लागिपरेका छन् । नेपालमा हाल सञ्चालनमा भइरहेका र सञ्चालनमा आउने तयारी गरिरहेका होटलको व्यवस्थापन सम्हाल्ने गरी त्यस्ता अन्तर्राष्ट्रिय होटलहरु भित्रिन लागेका हुन् ।

नेपालमा भित्रिन लागेका चेन होटलहरुमा स्टार उडको सेराटन, मेरियट र अलफ्ट रहेका छन् । त्यस्तैै भारतको दुषित इन्टरनेशनल, र्क्लक्स ग्रुप, लर्डस् मिरेज लीला लगायतका अन्तर्राष्ट्रिय होटलका सञ्जालहरु नेपाल प्रवेश गर्दैछन् ।

दरबारमार्गमा रहेको पाँचतारे होटल अन्नपूर्णमा थाइल्यान्डको लक्जरी होटल समूह थानी इन्टरनेशनल भित्रिदै छ । थानीले अन्नपूर्णमा करिव ५ अर्ब रुपैयाँ लगानी गर्दैछ । दुषित थानीको प्रवेशसँगै होटलले सयवटा रुम थप्दै छ भने अन्य सेवा सुविधाहरु पनि अपग्रेड गर्दैछ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेको अष्ट्रेलियाको एमआइटी ग्रुप होल्डिङ्सले होटल शेराटन काठमाडौं निर्माण गरिरहेको छ ।

Leela-Palace-Banglor-final
दी लिला प्यालेस होटल्स एन्ड रिसोर्ट । भारतको चर्चित ब्रान्ड लिलाले समिट ग्रुपसँग काम गर्दै छ ।

करिव ८ अर्ब रुपैयाँ लगानी रहने शेराटन होटलमा २ सय १८ रुमहरु रहनेछन् । शेराटन प्रख्यात अमेरिकी होटल समूह स्टारउडको सिंगापुरे लक्जरी होटल ब्रान्ड हो ।

ठमेलमा निर्माण भइरहेको छायाँ सेन्टरमा स्टारउडकै अलफ्ट ब्रान्ड आउँदै छ भने ठमेलमै स्टारउडको मेरियट ब्रान्ड आउने पक्का भइसकेको छ । अलफ्ट काठमाडौं होटल नाम रहने छायाँदेवी कम्पलेक्सको होटलमा ५ अर्ब लगानी रहने र १५० रुमहरु रहने बताइएको छ ।

पोखरामा रहेको पाँचतारे होटल फुलवारीमा भारतीय क्र्लक्स होटल समूहले व्यवस्थापन सम्हालिसकेको छ । सुमार्गी ग्रुपले युरोपेली ब्राण्ड ल्याउने तयारी गरिरहेको छ ।

भारतीय होटल लड्र्स मिरेज पनि नेपाल आइसकेको छ भने नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष सुरज वैद्यले विदेशी ब्रान्ड भित्राएर काठमाडौं, पोखरा र लुम्विनीमा होटल खोल्ने घोषणा गरिसकेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरण, यति ग्रुप, लक्ष्मी ग्रुप, शेखर ग्रुपले पनि अन्तर्राष्ट्रिय ब्रान्ड भित्राएर होटल खोल्ने योजनामा रहेको बताएका छन् ।

Aloft Hotel
स्टार उड समूहको अलफ्ट ब्रान्ड ठमेलमा निर्माण भइरहेको छायाँ सेन्टरमा बन्ने पाँचतारे होटलमा अाउँदै छ ।

समिट ग्रुपले भारतीय प्रख्यात होटल ब्रान्ड लिलासँग सम्झौता गरिसकेको छ । ठूलो सञ्जाल रहेको यो ब्रान्ड नेपाल आएपछि भारतीय पर्यटक आगामन उल्लेखनीय रुपमा बढ्ने अपेक्षा गरिएको छ ।

फूलबारी होटलको व्यवस्थापन सम्हालेको भारतीय क्र्लक्स होटल समुहले पनि भारतीय पर्यटक भित्राउन भूमिका खेल्ने छ । यो समूहले फूलबारी होटलमा २० वर्षसम्म व्यवस्थापनको काम गर्नेछ ।

विश्वभर ४० वटा होटल सञ्चालन गरेको क्र्लक्स समूहले भारतमा सात तारेसम्म होटलहरु सञ्चालन गरिरहेको छ । जहाँ विश्वका धनाढ्य पर्यटक आउने गर्छन् । फूलबारी रिसोर्टमा महंगा पर्यटक भित्राउन उक्त समूहले पहल गर्नेछ ।

काठमाडौंको वत्तिस पुतलीमा सञ्चालनमा आएको लड्र्स मिरेज होटल पनि भारतीय चेन होटलको हो । लड्र्स मिरेजले भारतमा २६ वटा चेन होटल सञ्चालन गरिरहेको छ ।

नेपालमा सबैभन्दा बढी पर्यटकहरु भारतबाट आउने गरेका छन् । पछिल्लो समय भारतबाट विदेश भ्रमणमा निस्किनेहरुको संख्या बढ्दै गइरहेको बताउँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले त्यसबाट फाइदा लिन नेपाललाई सुझाव समेत दिएका थिए ।

Clark Hotel
र्क्लक्सले पोखरामा सञ्चालित पाँचतारे फूलबारी रिसोर्टको व्यवस्थापन सम्हालिरहेको छ ।

अजय सुमार्गीको मुक्तिश्री प्रालीले युरोपेली चेनमा काठमाडौंको विशालनगरमा होटल निर्माण गर्ने घोषणा गरिसकेको छ । पाँच अर्ब लगानी गर्ने उक्त होटलमा दुई सय २० कोठाहरु रहने बताएको छ ।

अमेरिकी होटल चेन मेरियटसँगको साझेदारीमा मलिराम शिवकुमार (एमएस) ग्रूपले पनि नक्सालमा दुई सय ३५ कोठाको पाँचतारे होटल निर्माण गरिरहेको छ । साढे दुई अर्ब लगानी हुने यो होटल एभरेष्ट होटल ग्रुपको नामबाट सञ्चालनमा आउने छ ।

पर्यटन फस्टाउने अपेक्षा

मुलुकभित्र ‘टुरिजम प्रोडक्ट’ भएरमात्र पर्यटकहरु आउँदैनन् । त्यसलाई अन्तर्राष्ट्रिय स्तरमा बजारीकरण गर्न सकेमा मात्र पर्यटन क्षेत्रबाट लाभ लिन सकिन्छ । नेपाल अहिले चुकेको यही विषयमा हो ।

Merriot Hotel Final
नक्सालमा निर्माण भइरहेको पाँचतारे होटलमा मेरिअोट ब्रान्ड अाउँदै छ ।

पर्यटकीय सम्भावना हुँदाहुँदै पनि बजारीकरणमा पछाडि परेको मुलुकमा विदेशी बहुराष्ट्रिय कम्पनीहरु आकषिर्त हुन थालेका छन् । यस्ता कम्पनीले आफ्नो बहुराष्ट्रिय सञ्जाल प्रयोग गरेर अन्तर्राष्ट्रिय बजारमा मार्केटिङ गरी मुलुकमा गुणस्तरीय पर्यटक भित्राउन सहयोग गर्छन् ।
यस्तो अवस्थामा विदेशी चेन होटलहरुको प्रवेशलाई सकरात्मक रुपमा लिने गरिएको छ । त्यस्ता चेन होटलहरुले आफूलाई आवश्यक पर्ने पर्यटक आफै मार्केटिङ गरेर भित्राउने हुँदा यसले समग्र पर्यटन क्षेत्रमा नयाँ आयाम ल्याउने पर्यटन व्यवसायीहरुको विश्वास छ ।
कतिपय सञ्चालनमा रहेका होटलमा अहिले पनि विदेशी चेनहरुले व्यवस्थापन सम्हालिरहेका छन् ।

नेपालमा पाँचतारे होटलदेखि मझौला होटलसम्म विदेशी ब्राण्ड तथा चेन होटलहरु भित्राउने होडबाजीमा छन् । कतिपय ब्रान्डले आफै होटल खोल्न लागेका छन्  । विदेशी ब्राण्डको नामबाट पर्यटक तान्न सहज हुने विश्वास लगानीकर्ताको रहेको छ ।

dusit hani Final
दुषित इन्टरनेशनलको दुषित थानी ब्रान्डले पाँचतारे अन्नपूर्ण होटलमा अाउँदै छ ।
Sheraton-Hotel-final
स्टारउडको प्रख्यात ब्रान्ड शेराटनलार्इ शेष घलेले भित्राउँदैछन् । उनको अहिले काठमाडाैंमा होटल निर्माण भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment