Comments Add Comment

वार्ताका लागि फोरम नेपालको तीन सर्त

१० फागुन, राजविराज । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वार्ताका लागि तीनवटा सर्त अघि सारेका छन् ।

Upendra yadav-1नेपाल पत्रकार महासङ्घ सप्तरीले राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा यादवले सरकारले आह्वान गरेको वार्ताका लागि तीनवटा सर्त अघि सारेका हुन् ।

पहिले गरिएको सम्झौताका आधारमा संविधान बन्ने प्रतिबद्धता आउनुपर्ने, माघ ११ गते सभामुखले चालेको कदम फिर्ता लिनुपर्ने र सहमतिका आधारमा संविधान बनाउने प्रतिबद्धता आउनुपर्ने उनको भनाइ थियो ।

विगतमा गरिएका सहमति तथा सम्झौता कार्यान्वयन नर्गनु भनेको विश्वासघात र धोका भएको भन्दै उनले वार्ताका लागि विश्वासको वातावरण बन्नुपर्नेमा जोड दिए । आन्दोलनलाई तुहाउन सत्ताधारी दलहरुले वार्ताका नाममा जाल फ्याँकेको उनको आरोप थियो ।

फोरम नेपालका केन्द्रीय कोषाध्यक्ष रेणूकुमारी यादवले उत्पीडनमा परेका मधेसी जनताले अधिकार नपाएसम्म आन्दोलन जारी रहने बताइन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment