Comments Add Comment

तीन महिनामा बैंकिङ कसूरमा ८८ जना समातिए

Banking-kusur5१० फागुन काठमाडौं । पछिल्लो समय बैंकिङ कसूर गरेको अभियोगमा फक्राउ पर्ने अभियुक्तहरुको संख्या निकै उच्च छ । नेपाल प्रहरीको केन्द्रिय  अनुसन्धान व्यूरो (सीआइबी)ले तीन महिनामा बैंकिङ कसूरमा ८८ जनालाई पक्राउ गरेको छ ।

बैंकिङ कसूरमा बैंक तथा वित्तीय संस्थाकै सञ्चालक, उच्च व्यवस्थापकदेखि बैंकमार्फत ठगी गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

सीआइबी आइतबार पत्रकार सम्मेलनको आयोजना गरी तीन महिनाको प्रगति विवरण जानकारी गराएको छ । विवरणअनुसार मंसिरमा १२ जना, पुसमा ६५ जना र माघ महिनामा ११ जना अभियुक्तहरुलाई पक्राउ गरी पुनरावेदन अदालत पाटनमा मुद्दा दायर गरेको छ । जसमध्ये ७७ मुद्दा फच्र्योट भइसकेका छन भने ११ वटा मुद्दा फच्र्योट हुन बाँकी छन ।

प्रहरीले बैंकिङ कसूरसँग सम्बन्धित एटीएम ठगी गर्ने अभियुक्तहरुबाट २६ लाख रुपैयाँ नेपाली र ५ हजार अमेरिकी डलर ४२ थान एटीएम, ३ थान मोवाइल, ३ थान सिमकार्ड र एक थान ल्यापटपलगायत बरामद गरेको जनाएको छ ।

यो तथ्यांकले वित्तीय अपराधीको संख्या बढ्दो प्रवृत्तिमा रहेको देखाउँछ ।

Banking-kusur1

Banking-kusur2Banking-kusur3Banking-kusur4Banking-kusur6

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment