+
+

माल्दिभ्सका पूर्व राष्ट्रपति नसिद आतंकवादको अभियोगमा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन १० गते ११:२०

१० फागुन, माले । मालदिभ्सका पूर्व राष्ट्रपति मोहमद नसिद पक्राउ गरेको छ । तीन वर्ष अगाडि आफू पदमा रहँदा एक न्यायाधीशलाई गैरकानुनी रूपमा पक्राउ गरेको आरोपमा उहाँलाई आतङ्क नियन्त्रण कानुनअनुसार प्रहरीले उनलार्इ पक्राउ गरेको हो ।

नसिद माल्दिभ्सका प्रजातान्त्रिक रूपमा निर्वाचित पहिलो राष्ट्रपति हुन् । उनलाई यस मुलुकको राजधानी मालेमा हिरासतमा राखिएको जानकारी प्रहरीले दिएको छ ।

उनी सन् २००८ मा शासनमा आएका थिए ।  प्रहरी तथा सेनाले उनीविरुद्ध विद्रोह उहाँ चार वर्षपछि पदबाट राजीनामा दिए । नसिदलाई दिइएको पक्राउ आदेशमा उहाँलाई मुलुक छोडन पनि प्रतिबन्ध लगाइएको छ ।

नसिदले सन् २०१२ को जनवरीमा तत्कालिन फौजदारी अदालतका मुख्य न्यायाधीश अब्दुल्लाह मोहमदलाई पक्राउ गर्न आदेश दिएका थिए । गत साता सरकारी वकिलले उनले आफ्नो पदको दुरूपयोग गरेको भन्ने अभियोग हटाएका थिए ।

यसो भए पनि आइतबार उनलाई सोही आरोपमा कडा आतङ्क नियन्त्रण ऐन अनुसार अभियोग लगाइएको छ । न्यायाधीश मोहमदले भ्रष्टाचार गरेको आरोप लगाइएको थियो ।

यसै मुद्दामा आफूलाई पक्राउ गर्न नदिन सन् २०१३ मा नसिदले भारतीय उच्चायोगमा शरण लिएका थिए । रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?