+
+

प्रकाशमानलाई विपक्षीले देखाए कालो झण्डा

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन ११ गते ११:१०

११ फागुन, सप्तरी । उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई विपक्षी ३० दलीय मोर्चाका कार्यकर्ताहरुले सप्तरीमा कालोझण्डा देखाएका छन् । काठमाडौंबाट विराटनगर हुँदै उनी सोमबार सप्तरी पुगेका थिए ।

Prakshman-Sing-at-Biratnaga

  • विराटनगर विमानस्थलमा प्रकाशमान सिंह

यसअघि विराटनगर विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै सिंहले अबको पाँच महिना भित्र संविधान जारी हुनेमा विश्वस्त रहन सबैलाई आग्रह गरे ।

उनले जनमतलाई कदर गर्दै प्रक्रियामा गएर भए पनि संविधान जारी गरिनेे बताए । उनले भने, ‘कुनै पनि हालतमा संविधान निर्माण प्रक्रिया अवरुद्ध हुँदैन, विपक्ष दल सामेल हुँदैन भने प्रक्रिया अनुरुप अघि बढ्छ ।’

विपक्षी दलहरुसँग छलफलका लागि भनेर हाल संविधान सभाको बैठक स्थगित गरिएको भन्दै सिंहले अब काम नरोकिने बताए । सहमति खोज्ने नाममा संविधान निर्माणलाई बन्धक बनाउन नहुने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?