Comments Add Comment

कांग्रेसमा सुजाता कोइरालाको कारवाही फुकुवा

SUJATA-KOIRALA

११ फागुन, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य सुजाता कोइरालासहितका नेताहरुको अनुशासनको कारवाही फुकुवा गरेको छ । अब उनीहरुले तेह्रो महाधिवेशनको निर्वाचनमा भाग लिन पाउने छन् ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले दोस्रो संविधानसभा निर्वाचनका बागी उम्मेदवार र उनका समर्थक तथा प्रस्तावक बाहेक पुनरावेदन सबैको कारवाही फुकुवा गरेको हो । ‘जस जसको समय सकियो, बाँकीको पनि फुकुवा भनिएको हो’ एक केन्द्रीय सदस्यले भने-सुजाता कोइरालाको स्टाटस कारवाही नभोगे पनि निर्दोष भनिएको होइन ।’

अनुशासन समितिले पार्टी उम्मेदवारलाई सहयोग नगरेको भन्दै कोइरालाले तीन महिना जिम्मेबारीबाट हटाएर कारवाही गर्न सिफारिस गरेको थियो । तर, कारवाही सिफारिसको केही समय पछि गत मंसिर दोस्रो साता भएको सार्क सम्मेलनमा प्रधानमन्त्री कोइरालाले सुजातालाई फस्ट लेडीको जिम्मेवारी दिएका थिए ।

बैठकमा अनुशासन समितिका सदस्य रमेश रिजालसहितका नेताहरुलाई कारबाही सिफारिस भएका कोइरालालाई फस्ट लेडी बनाएर पुरस्कृत गरेको भन्दै पार्टी सभापति कोइरालाको आलोचना गरेका थिए ।

बैठकमा नेताहरुले ठूलो नेता पर्दा छाड्ने र सानोलाई कारबाही गर्ने प्रवृत्ति पार्टीमा देखा परेको भन्दै नेतृत्वको आलोचना गरेका थिए । बैठकमा पार्टी सभापति कोइराला स्वयं सुजाताको कारवाही फुकुवामा गर्ने पक्षमा देखिएका थिए ।

कारवाही फुकुवापछि कोइरालासहितको क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय भएको छ । साथै उनीहरुले तेह्रौंँ महाधिवेशनको प्रकृयामा हुने सबै तहका निर्वाचनमा भाग लिन पाउने कांग्रेसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment