Comments Add Comment

सल्यानका तीन सडकको स्तरवृद्धि हुने

११ फागुन, सल्यान । सल्यानका तीन सडकको स्तरवृद्धि हुने भएको छ ।  राष्ट्रिय ग्रामिण यातायात सुदृढीकरण कार्यक्रम अन्तर्गत जिल्लाको ‘क’ बर्गका तीन वटा सडक ‘खलंगा-सिमखर्क-बालुवासंग्रही (३२ कि.मी.)’,’थारमारे-बडागाउ-स्यानीपिप्ली (३६ कि.मी.)’र ‘लुहाम-काभ्रा-रामपुर (२६ कि.मी)’ सडकको स्तरबृद्धि गर्ने भएको हो ।

चालु आर्थिक वर्षमा सडक स्तरबृद्धि गरिने भएको छ । ‘क’ वर्गमा छनौट भएका सडक स्तरबृद्धिका लागि विश्वबैंक र नेपाल सरकारले संयुक्त रुपमा वजेट खर्च गरिने भएको छ ।

स्तरवृद्धि गरिने सडकमा ग्रयाबलिङ्ग र ओटासिल पीच हुने स्थानीय विकास अधिकारी हरिप्रसाद दाहालले जानकारी दिए । दाहालले भने-‘सडकको स्तरोन्तीका लागि  पाँच वर्षे कार्यक्रम अन्तर्गत ४ करोड रकम आईसकेको छ । राम्रो काम गर्न सके कामको आधारमा माग भए बमोजिमको रकम आउने छ ।

सडकमा तीनवटा पुल निर्माणको योजना रहेको छ । पुलका सर्वे र डिजाईनको काम भैरहेको जिल्ला प्राविधिक कार्यालय सल्यानले जनाएको छ ।

सर्वे र डिजाईन भएका मध्ये थारमारे-बडागाउ-स्यानिपिप्लि सडकको स्टमेट फाईलन भएको प्राविधिक कार्यालयका प्रमुख जगदिश पोख्रेलले बताए । पोख्रेलले भने-‘यो वर्ष थारमारे-स्यानिपिप्लि र खलंगा-सिमखर्क-बालुवासंग्रही सडकमा काम सुरु हुने छ ।’

पहिलो चरणमा सडकमा खर्च गर्ने रकम ४ करोड मात्र रातो कितावमा उल्लेख भए पनि  सडकको सर्भे  अनुसार ओटासिल पीचको लागि प्रतिकिलोमिटर ८० लाख र एउटा पुलको लागि ४ करोड सम्मको वजेट जिल्लामा आउने पोख्रेलले बताए ।

जिल्ला सदरमुकाम संग जोड्ने  सडक प्राथमिकतामा परेकाले सडकको काम पहिले स्तरवृद्धि गर्न लागिएको छ ।

जिल्लामा अहिले सम्म ४ सय ९८ कि.मी. सडक निर्माण कार्य  सम्पन्न भएको छ ।  निर्माण भएको सडकमा  पक्की ८ किमी, ग्रयाबल ८२ किमी, कच्ची ५ सय ८ किमी, केही राम्रो १ सय ६ किमी र खराब ४ सय किमी रहेको जिल्ला प्राविधिक कार्यालय सल्यानले जनाएको छ  ।

कार्यालयका अनुसार निर्माण भएका १७ वटा सडकमा गाडी चल्छन भने अन्य सडकमा भने कहिले काही मात्र यातायातका साधनहरु सञ्चालन आउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment