Comments Add Comment

‘रासुम’मा ‘मेरो देशलाई स्वर्ग बनाउ’

rasum-bimochan
गीतकार तथा संचारकर्मी पुरुषोत्तम बस्नेतको तेश्रो एकल एल्बम ‘रासुम’ बजारमा आएको छ । यो एल्बमको पूर्वमन्त्री प्रकाश शरण महत्त र गीतकार डाक्टर कृष्णहरी बरालले संयुक्त रुपमा विमोचन गरेका छन् ।

यो एल्बममा अबिद, पुस्तक प्रसाद, शशी रावल र सन्दिप कार्कीको संगीत छ । यस्तै, एल्बमका गीतमा राजेशपायल राई , दिनेश गौतम, मिलन अमात्य, विश्व नेपाली, शशी रावल, सञ्जय पाण्डे, एस्थर तिमिल्सिनाले आवाज दिएका छन् ।

यो एल्बममा ‘यो जुनी यस्तै भयो, म आफ्नो मलामी गइरहेछु, मेरो देशलाई स्वर्ग बनाउ, गौतम बुद्ध नेपालमा जन्मेका हुन् र जन्मदिनको के दिउँ तिमीलाई’ बोलका ५ गीत समावेश छन् ।

कार्यक्रममा ‘यो जुनी यस्तै भयो’ बोलको गीतको म्यूजिक भिडियो पनि प्रदर्शन गरिएको थियो । प्रदिप रसाइलीको निर्देशन रहेको भिडियोमा जेनिशा केसी, दिपेश कार्की र नवराज कोइरालले मोडलिङ गरेका छन् । यसअघि गीतकार बस्नेतको ‘प्रजुशा र प्रभाव’ एल्बम बजारमा आइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment