Comments Add Comment

उच्च माध्यमिक तहका समस्या समाधानको उपाय खोज्न कार्यदल

१२ फागुन, काठमाडौँ । उच्च माध्यमिक तहमा देखिएका समस्याबारे सुझाव दिन शिक्षा मन्त्रालयले उच्चस्तरीय कार्यदल गठन गरेको छ ।

उमेश श्रेष्ठ
उमेश श्रेष्ठ

संविधानसभा सदस्य तथा हिसानका अध्यक्ष उमेश श्रेष्ठको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन भएको हो ।

कार्यदलका सदस्यहरुमा शिक्षा विभाग महानिर्देशक डा. डिल्लीराम रिमाल, अभिभावक संघ नेपालका अध्यक्ष सुप्रभात भण्डारी, हिस्टानका अध्यक्ष दिपक सुवेदी सदस्य छन् ।

यसैगरी सामुदायीक विद्यालयको तर्फबाट अनिल झा, निजी प्लसटु सन्चालकको तर्फबाट डा. माधव बराल, हिसानका तर्फबाट युवराज शर्मा पनि समितिमा छन् ।

परीक्षासम्बन्धी एक विज्ञ पछि तोकिने छ । समितिको सदस्यसचिवमा उच्च माध्यमिक शिक्षा परिषदका सहसचिव दुर्गा अर्याललाई समावेश गरिएको शिक्षा मन्त्रालयले जनाएको छ ।

कार्यदललाई तीन महिना भित्र सुझाव प्रतिवेदन तयार पार्न समय दिइएको छ ।
हिसानका अध्यक्ष श्रेष्ठले उच्च माध्यमिक तहमा विशेष गरी परीक्षा प्रणाली निकै अस्तव्यस्त बनेको बताउँदै परीक्षा प्रणाली सुधारका लागि उपयुक्त सुझाव दिने जानकारी दिए ।

उनले विद्यार्थीहरुले उत्तरपुस्तिका हेर्न पाउनुपर्दछ भन्दै त्यसका लागि व्यवस्था गर्न पनि कार्यदलले सुझाव दिने उनले बताए ।
अभिभावक संघका अध्यक्ष भण्डारीले समयमा नतिजा प्रकाशित नहुने लगायतका समस्या समाधानमा सुझावहरु दिइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment