Comments Add Comment

इलाममा एम्बुलेन्सको भाडा १० प्रतिशत घट्यो

१३ फागुन, इलाम । इलाममा सञ्चालित एम्बुलेन्सको भाडा १० प्रतिशत घटेको छ ।

एम्बुलेन्सको भाडा चर्को भएको व्यापक गुनासो आएपछि एम्बुलेन्स सेवा सञ्चालक समितिले भाडा घटाएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति देवीप्रसाद गौतमले जानकारी दिए ।

ambulance-1

नयाँ भाडादरअनुसार इलामदेखि विर्तामोडको तीन हजार ९ सय ५० रूपैयाँ निर्धारण गरिएको छ । यसअघि त्यहाँसम्मको भाडा चार हजार चार सय रूपैयाँ थियो ।

भद्रपुरसम्मको चार हजार चार सय रूपैयाँ, दमकसम्मको पाँच हजार तीन सय रूपैयाँ, विराटनगरसम्मको सात हजार सात सय रूपैयाँ र सिलिगुडीसम्मको छ हजार छ सय रूपैयाँ कायम गिरएको समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले जानकारी दिए ।

यसैगरी इलामदेखि राँकेसम्मको दुई हजार दुर्इ सय रूपैयाँ, पौवासारतापसम्मको दुई हजार चार सय ५० रूपैयाँ, रक्सेसम्मको एक हजार तीन सय ५० रूपैयाँ र नेपालटारसम्मको नाै सय रूपैयाँ कायम भएको छ ।

इलामदेखि धुलाबारीसम्मको तीन हजार नाै सय ५०, काँकडभिट्टासम्मको चार हजार चार सय रूपैयाँ र भरतपुरसम्मको २१ हजार छ सय रूपैयाँ कायम गरिएको छ ।

इलाम नगरपालिकाको १ र २ नम्बरलाई तीन सय, ३ नम्बरदेखि ९ नम्बरसम्मलाई पाँच सय निर्धारण गरिएको छ । इलाम अस्पतालदेखि माईखोलासम्मको लागि अाठ सय, गोदकको जौवारीसम्म एक हजार अाठ सय, तीनघरेसम्मको एक हजार अाठ सय, घट्टासम्मको एक हजार चार सय ५०, फिक्कलसम्मको दुई हजार दुर्इ सय ५०, भालुखोपसम्मको एक हजार अाठ सय ५०, पशुपतिनगरसम्मको दुई हजार छ सय ५०, पञ्चकन्यासम्मको एक हजार नाै सय ५० रूपैयाँ कायम गरिएको छ ।

यसबाहेक अन्य क्षेत्रमा एम्बुलेन्सले पहाडी क्षेत्रको कालोपत्रेमा प्रतिकिलोमिटर २५ रूपैयाँ, कच्ची सडकमा ३५ रूपैयाँ लिन पाउने छन् । तराई क्षेत्रको कालोपत्रेमा १५ रूपैयाँ र कच्चीमा २५ रूपैयाँ प्रतिकिलोमिटर भाडा लिन पाउने भाडा निर्धारण समितिले जनाएको छ ।

जिल्लामा रेडक्रस, जिल्ला अस्पताल र विभिन्न सङ्घसंस्थाले दिएका गरी सात वटा एम्बुलेन्स सञ्चालित छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment