Comments Add Comment

बालिका बलात्कार अभियोगमा खड्गबहादुरलाई आठ वर्ष जेल

१३ फागुन, सोलुखुम्बु । सोलुखुम्बुको सोताङमा १२ वर्षीया बालिकालाई बलात्कार गर्ने ४३ वर्षीय खड्गबहादुर विकलाई आठ वर्ष जेलसजाय तोकिएको छ ।

जिल्ला अदालत सोलुखुम्बुका न्यायाधीश दीपककुमार खरेलको इजलासले गत साउन ९ गते स्थानीय बालिकालाई घरमा कोही नभएको समयमा बलात्कार गर्ने विकलाई मङ्गलबार सो आदेश दिएको हो ।

साथै पीडितका परिवारलाई क्षतिपूर्तिवापत ५० हजार रूपैयाँ भराउन पनि आदेश दिएको अदालतका श्रेष्तेदार दुर्गाप्रसाद भटराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment