Comments Add Comment

सिटीको पोष्टमा स्वरेजको दुई गोल, मेस्सीले पेनाल्टी चुकाए

sworej

१३ फागुन, काठमाडौं । लुइस स्वरेजको दुई गोलको मदतमा बार्सिलोनाले च्याम्पियन्स लिगमा म्यानचेष्टर सिटीलाई पराजित गरेको छ ।

मंगबार राति भएको अन्तिम १६ को पहिलो लेगमा बार्सिलोनाले २-१ को जित निकालेको हो । बार्सिलोनाको जितमा बार्सिलोना गएपछि पहिलो पटक इंग्ल्याण्ड आएका लिभरपुलका पूर्व स्ट्राइकर स्वरेजले दुई गोल गरे ।

तर, बार्सिलोनाका स्टार स्ट्राइकर लिओनल मेस्सी पेनाल्टीमा गोल गर्न चुके ।

म्यानचेष्टर सिटीको घरेलु मैदान इत्तेहादमा भएको खेलमा बार्सिलोनाले १६ औं मिनेटमा स्वरेजको गोलबाट अग्रता लिएको थियो । ३० औं मिनेटमा स्वरेजले नै व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोना पहिलो हाफमा २-० को अग्रता लिन सफल भयो ।
६९ औं मिनेटमा सर्जिओ एग्युरोले गोल गरे । ७४ औं मिनेटमा सिटीका क्लीसीले रातो कार्ड पाए ।

खेलको अन्तिममा बार्सिलोनाले पेनाल्टी पायो । तर, मेस्सीको प्रहार जोए हार्टले रोके ।

बार्सिलोना र म्यानचेष्टर सिटीबीचको दोस्रो लेग मार्च १८ मा घरेलु मैदान नाउ क्यापमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment