Comments Add Comment

अनुराधाको प्रश्न-हाम्रो ज्यानको मूल्य ८ हजार हो ? (भिडियोसहित)

Protest against acid attack (1)

१३ फागुन, काठमाडौं । ट्युसन सेन्टरमा किशोरीमाथि भएको एसिड आक्रमणको विरोधमा अधिकारकर्मीहरुले र्‍याली निकालेका छन् ।

माइतिघर मण्डलाबाट सुरु भएको र्‍याली विजुलीबजारमा आएर सभामा परिणत भएको थियो । सभामा अधिकारकर्मीहरुले आक्रमणकारीलाई तत्काल पक्राउ गर्न र कडा कारबाही गर्न माग गरेका छन् ।

माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले आफ्नो सानो नातिले समेत एसिड आक्रमण गर्नेलाई सुट गर्नुपर्छ भनेको सुनाइन् ।

उनले भनिन्-‘एसिड आक्रमण गर्नेलाई ५ सय देखि ८ हजारसम्म जरिवाना भन्ने सुन्यौं । हाम्रो मूल्य त्यति हो ?’ उनले यो प्रश्न गरेपछि सहभागीहरुले होइन भनेका थिए ।

अधिकारकर्मीहरुले एसिड आक्रमणमा संलग्नलाई ज्यानमुद्धा लगाउन माग गरेका छन् ।

स्कुले किशोरीहरुमाथि ट्युसन सेन्टरमा नै आक्रमण भएपछि सेल्टर होमहरुले समेत असुरक्षित महसुस गरेको अधिकारकर्मीहरुले बताएका छन् ।

Protest against acid attack (2)

Protest against acid attack (6)

Protest against acid attack (7)

यो पनि पढ्नुहोस्

‘बाल माओवादी’ले घेरे जिल्ला प्रशासन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment