Comments Add Comment

सुशील र केपीले कुरा बुझेनन् : बाबुराम

Baburam

१४ फागुन, काठमाडौं । एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीले कुरा नबुझेको दाबी गरेका छन् ।

‘बाह्रबुँदे सहमति र शान्ति सम्झौतामा हस्ताक्षर गर्ने दलहरुको सहममति विना बन्ने संविधान टिक्दैन,’ विहीबार राजधानीमा आयोजित पत्रकार भेटघाटमा नेता भट्टराईले भने,’ओली र सुशीललाई कसले बुझाइदिने ? उहाँहरु आफैं बुझ्नुहुन्न ।’

संविधानसभामा मतादेश भएका आधारमा मात्रै संविधान बन्न नसक्ने बताउँदै डा. भट्टराइईले संविधानसभाको मतादेश र क्रान्तिको जनादेश दुबैलाई ख्याल गरेर सहमतिबाटै संविधान बनाउनुपर्ने आफूहरुको चाहना रहेको स्पष्ट पारे । ‘संविधानसभाले विगतका सहमति कार्यान्वयन गर्नुपर्छ,’ डा. भट्टरार्यले भने,’सहमतिका अन्तरवस्तुलाई कार्यान्यवन गर्नेमात्रै संविधानभसाको मतादेश हो ।’

सहमतिबाटै निकास निकाल्न खोजेका हौं

एमाओवादी नेता डा. भट्टराईले सहमति र सहकार्यबाटै आफूहरुले निकास निकाल्न खोजेको स्पष्ट पारे । सहमति भन्नाले सबैसँग नभई जनआन्दोलकारी शक्तिवीच सहमति खोजिएको उनले बताए । ‘सबैसँग सहमति भनिएको होइन, आन्दोलनकारी शक्तिवीच सहमति गर्नुपर्छ, कमल थापा र चित्रबहादुर केसीसँग अन्डरस्ट्याण्डिङ गर्नुपर्छ,’ उनले भने,’ थापा र केसीहरुसँग संविधानसभामा आफ्ना कुरा राख्न दिने अन्डरस्ट्याण्डिङ भइसकेको छ ।

शान्ति सम्झौताको मर्म र भावना विपरीत माघ ११ गते प्रक्रियामा गएकाले आफूहरु विरोधमा उत्रिएको डा. भट्टराईले बताए ।

‘काठमाडौं बाहिर भुसको आगो ‘

पश्चिम नेपालका करिब डेढ दर्जन जिल्ला डुलेर राजधानी आइपुगेका नेता डा. भट्टराईले काठमाडौं बाहिर जनतामा असन्तुष्टि भुसको आगोजस्तै भित्रभित्रै सल्किइरहेको बताए ।
‘म १८/२० वटा जिल्ला घुमेर आएँ, तलतिर भुसको आगो छ, कुनै पनि बेला बिस्फोट हुन सक्छ,’ डा. भट्टराईले भने,’मधेसको स्थिति झनै विस्फोटक छ ।’

१६ गतेको सभा निर्णायक होइन

डा. भट्टराईले १६ गते राजधानमिा हुन लागेको ३० दलीय मोर्चाको सभा निणर्ायक नभएर सुरुवातको खबरदारी सभा मात्र भएको बताए । ‘१६ गतेको सभा खबरदारी सभा हो, यसलाई अन्तिम र निर्णयक हो भनेर बुझ्नु हुँदैन ।’

‘भारतको सदभाव छ’

नेता डा. भट्टराईले आफू १६ गते भारत जान लागेको बताए । तर, यो भ्रमण आकस्मिक वा कुनै रणनीतिक नभएर भारतस्थित प्रवासी नेपालीहरुको संगठन एकता समाजको सम्मेलनका लागि हुन लागेको उनले स्पष्ट पारे ।

मुम्बईमा १७ गते हुन लागेको एकता समाजको सम्मेलनमा जान लागेको उनले बताए ।
भारतले नेपालमा छिमेकीको नाताले सहमति र सहकार्यलाई ध्यानमा राखी निकास निकालियोस् भन्ने सदभाव राखेको उनले बताए ।

भारतीय लोकसभामा नेपालबारे उठेको प्रशंगलाई पनि उनले यही सदभावको संज्ञा दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment