Comments Add Comment

सीमामा एपीएफ र एसएसबीको संयुक्त गस्ती

APF-And-SSBआरपी सुवेदी
१४ फागुन, नेपालगन्ज । सीमा क्षेत्रको सुरक्षाको जिम्मेवारी पाएका नेपाल र भारत दुबै मुलुकका सुरक्षा निकायले संयुक्त गस्ती सुरु गरेका छन् ।

नेपालका तर्फबाट सशस्त्र प्रहरी नायव उपरिक्षक सुवेदी र भारतको तर्फबाट एसएसबीको सातौं बटालियनको रुपैडिहा कम्पनीका ईन्चार्ज पिएन सिंहको नेतृत्वमा दुबैतिरबाट ३५-३५ जनाको समूह नियमित गस्ती तथा अवलोकनमा खटिएको छ ।

‘मासिक रुपमा दुबै तिरका सीमा सुरक्षाको लागि दशगजामा संयुक्त गस्ती गर्ने गरेका छौ,’ सीमा सुरक्षा कार्यालय बाँकेका सशस्त्र प्रहरी नायव उपरिक्षक प्रकाश सुवेदीले भने, ‘यसले दशगजामा हुने अपराधिक गतिविधि निरुत्साहीत हुने र सीमास्तम्भको बारेमा पनि जानकारी हुने विश्वास छ ।’

सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय बाँके, महेन्द्रनगर र भारतीय सीमा सुरक्षाबल -एसएसबी) ले मासिक रुपमा संयुक्त गस्ती गर्दै आएका छन् ।

सीमा क्षेत्रको सुरक्षाका साथै अवैध सामानको ओसारपसार तथा अपराधिक गतिविधि नियन्त्रण गर्नको लागि यो गस्तीले सहयोग पुग्ने विश्वास गरिएको छ ।

सशस्त्र प्रहरी नायव उपरिक्षक सुवेदीले दुबै तिरबाट संयुक्त निरिक्षण गर्दा अपराध गर्नेहरुको मनोबल कमजोर हुनुको साथै दुबै मुलुकका सीमा क्षेत्रका बासिन्दाहरुमा भाइचाराको सम्बन्ध प्रगाढ हुने विश्वास व्यक्त गरे ।

बाँके जिल्लासंग भारतको ६२ किलामिटर भु-भाग सीमा जोडिएको छ । दशगजाका मुख्य र सहायक पिल्लर गरी ३ सय ७ पिलर छन् । सीमा सुरक्षा कार्यालय बाँके महेन्द्रनगरले दिएको जानकारी अनुसार बाँकेको भूभागमा पर्ने ३२ मुख्य पिलर मध्ये ४ राप्ती नदी तथा विभिन्न खोलाले बगाएको १ मर्मत गर्नपर्ने अवस्थामा छ ।

यसैगरी २ सय ७५ सहायक पिलर मध्ये १८ मर्मत गर्नुपर्ने, २ पुनर्निर्माण गर्नुपर्ने र ५ खोलाले बगाएको अवस्थामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment