Comments Add Comment

लोकमानले अख्तियारभित्रै छोरी अन्माएपछि…

१४ फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले विहीबार आफ्नी छोरीको बिहे अख्तियारको सरकारी भवनभित्रै आयोजना गर्दा सरकारी सेवासमेत केहीबेर अवरुद्ध भयो ।

Lokman karki-in-susasan samitiकार्यालय परिसरमै विवाह समारोह आयोजना गरिएपछि सर्वसाधारण नागरिकले अख्तियारभित्र प्रवेश गर्न पाएनन् ।

राज्यले अख्तियार प्रमुखका लागि उपलव्ध गराएको सरकारी आवासमात्र होइन, अख्तियारकै प्राङगण समेत लोकमानकी छोरीको बिहेका लागि प्रयोग गरिएका अख्तियार कर्मचारीले दुःखेसो पोखेका छन् ।

अख्तियार भवनभित्र पत्रकारलाई समेत प्रवेश निषेध गरियो भने कर्मचारीलाई नियमित मूलद्वारबाट प्रवेश गर्न दिइएन । अख्तियारको मूलद्वार जन्तीका लागि छुट्याइएकाले कर्मचारीलाई अर्कै बाटो प्रयोग गर्न लगाइयो ।

लोकमानकी छोरी डा. अध्या कार्कीको बिहे बिहीवारको लगनमा पूर्वराजपरिवारसँग निकट व्यापारी रोहिणी थपलियाका छोरा शुभाषिस थपलियासँग भएको हो ।

निजी बिहेका लागि अख्तियार प्रमुखले अख्तियारको सरकारी भवन दुरुपयोग गरेको भन्दै कर्मचारीहरु नै आश्चार्यचकित बनेका छन् । लोकमानको निजी घर पुरानो बानेश्वरमा छ ।
अख्तियारको टंगालस्थित भवनमा लोकमानकी छोरीको बिहे भइरहँदा भाटभटेनीतर्फ जाने सडकमा समेत सवारी आवागमन प्रभावित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment