+
+
Shares

नेपाललाई छिट्टै लिक्‍विड अक्सिजन दिन्छौं : राजदूत क्‍वात्रा

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ३ गते १९:५४
फाइल तस्वीर

३ जेठ, काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्‍वात्राले ८–१० दिनभित्र नेपाललाई लिक्विड अक्सिजन दिने बताएका छन् ।

कोरोना संक्रमण तीव्र रुपमा बढेसँगै भारतले अक्सिजन निर्यातमा रोक लगाएको थियो । सोमबार एक भर्चुअल कार्यक्रममा बोल्दै राजदूत क्वात्राले संकटमा रहेको नेपाललाई निरन्तर सहयोग गर्ने बताए ।

‘आगामी ८–१० दिनभित्र लिक्विड अक्सिजनको ट्यांकर नेपाल आइपुग्ने छ,’ उनले भने । भारतले नेपाललाई २३ लाख कोरोना विरुद्धको खोप उपलब्ध गराइसकेको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?