+
+
Shares

काठमाडौं आइपुगे भारतीय विदेश सचिव

भारतीय विदेश सचिव मिश्रीको भ्रमण प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारीका सिलसिला अन्तर्गत भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १८ गते ९:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि १८ कात्तिकमा काठमाडौं आइपुगेका छन् ।
  • प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको तयारीका सिलसिलामा भएको यो भ्रमणमा मिश्रीले आजैदेखि भेटघाट सुरू गर्ने कार्यक्रम छ ।
  • कार्यक्रम तालिकाअनुसार उनले प्रधानमन्त्री बालेन शाहसँग पनि भेट्नेछन् र भोलि नयाँदिल्ली फर्किनेछन् ।

१८ कात्तिक, काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । उनी केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।

विदेश सचिव मिश्रीको भ्रमण प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारीका सिलसिला अन्तर्गत भएको हो ।

स्रोतका अनुसार उनले आजैबाट भेटघाट थाल्ने छन् । कार्यक्रम तालिकामा उनले प्रधानमन्त्री शाहसँग पनि भेट्ने उल्लेख छ ।

भारतीय विदेश सचिव मिश्री काठमाडौंबाट भोलि नै नयाँदिल्ली फर्किने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?