Comments Add Comment

कोरोना संक्रमणबाट वीरगञ्जमा थप ११ जनाको मृत्यु

३ जेठ, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट एकै दिनमा ११ जनाको मृत्यु भएको छ । नारायणी अस्पतालमा ७ जना, भवानी हस्पीटलमा २ जना, वीरगञ्ज हेल्थ केयर र स्पर्श मल्टी स्पेस्यालिटी हस्पीटल १/१ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पर्साको ५ जना, बाराको ५ जना र सर्लाहीको १ जना छन् । वीरगञ्जमा आइतबार मात्रै १८ जनाको मृत्यु भएको थियो ।

योसँगै वीरगञ्जमा दोस्रो लहरको कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ७३ पुगेको छ । जसमा पर्सा जिल्ला बाहिरका ८३ जना रहेको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए ।

नारायणी अस्पतालमा बाराको कलैया उपमहानगरपालिका-२४ की ५५ वर्षीया महिलाको सोमबार साँझ ७ः०५ बजे मृत्यु भएको छ । स्वास प्रश्वासमा समस्या भएपछि उनलाई सोमबार नै अस्पतालमा भर्ना गरिएको थियो । एन्टीजेन परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेसन वार्डमा राखेर उपचार चलिरहेको थियो ।

नारायणी अस्पतालमा वीरगञ्ज-१३ राधेमाई टोल बस्ने ५२ वर्षीय पुरुषको मृत्यु भएको छ । वैशाख ३० गते एन्टीजेन परीक्षणको क्रममा कोरोना संक्रमण पुष्टि भएपछि जेठ १ गते उनलाई अस्पाल भर्ना गरिएको थियो । उपचारको क्रममा सोमबार बिहान ९ः४० मा उनको मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ ।

नारायणी अस्पतालमा वीरगञ्ज-८ गहवा बस्ने ५२ वर्षीय पुरुषको सोमबार बिहान ३ः०५ बजे मृत्यु भएको छ । वैशाख २४ गते अस्पताल भर्ना भएका उनको सोही दिन गरिएको एन्टीजेन परीक्षण पोजेटिभ आएको थियो ।

नारायणी अस्पतालमै बाराको बारागढी नगरपालिका गडहल निवासी ५० वर्षीया महिलाको मृत्यु भएको छ । वैशाख २० गते एन्टीजेन परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो भने स्वास्थ्यमा समस्या आएपछि बैशाख २३ गते अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा सोमबार १ः५० बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

नारायणी अस्पतालमै वीरगञ्ज-२२ को ४५ वर्षीय पुरुषको सोमबार बिहान ६ः०५ बजे मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आई अस्पतालमा भर्ना भएकै दिन वैशाख २० गते एन्टीजेन परीक्षण पोजेटिभ आएको थियो ।

नरायणी अस्पतालमै बाराका एक जना ४६ वर्षीय पुरुषको मृत्यु भएको छ । उपचारको क्रममा सोमबार बिहान पौने २ बजे उनको मृत्यु भएके थियो । वैशाख २० गते अस्पताल भर्ना भएका उनको सोही दिन गरिएको एन्टीजेन परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । उनी पहिलदेखि नै किड्नीको विरामी थिए ।

नारायणी अस्पतालमै सर्लाहीको लालबन्दी- ४ बस्ने ५५ वर्षीया महिलाको सोमबार बिहान ११ बजे मृत्यु भएको छ । जेठ १ गते अस्पताल भर्ना भएकी उनको भोलिपल्ट गरिएको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।

वीरगञ्जको भवानी हस्पीटलमा पर्साको कालिकामाई गाउँपालिका- २ का ४८ वर्षीया कोरोना संक्रमितको पुरुषको मृत्यु भएको छ । वैशाख २८ गते अस्पताल भर्ना भएका उनको सोहि दिन गरिएको एन्टीजेन परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । उपचारको क्रममा सोमबार बिहान ७ः०५ बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

भवानी हस्पीटलमै पर्साको सखुवाप्रसौनी गाउँपालिका- २ का ७० वर्षीय पुरुषको मृत्यु भएको छ । वैशाख ३० गते भर्ना भएका उनको पीसीआर परीक्षण रिपोर्ट आइतबार मात्रै आएको थियो । उपचारको क्रममा सोमबार दिउँसो सवा ३ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

वीरगञ्ज हेल्थ केयर अस्पतालमा वीरगञ्ज-१० बस्ने ६५ वर्षीय पुरुषको सोमबार बिहान पौने १२ बजे मृत्यु भएको छ । बैशाख १७ गते कोरोना संक्रमण पुष्टि भई स्वास्थ्यमा समस्या आएपछि उनलाई वैशाख २२ गते अस्पताल भर्ना गरिएको थियो ।

स्पर्श मल्टी स्पेस्यालिटी हस्पीटल वीरगञ्जमा बाराको जीतपुर सिमरा उपमहानगरपालिका- ७ की ३८ वर्षीया महिलाको मृत्यु भएको छ । स्वास प्रश्वासमा समस्या आई वैशाख १६ गते नारायणी अस्पतालमा पीसीआर परीक्षण गराउँदा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । सोही दिन स्पर्श मल्टी स्पेस्यालिटी अस्पतालमा भर्ना गरी उपचारको क्रममा दिउँसो ३ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment