+
+
Shares

१० सालदेखि गम्भीर रोगसँग जुधिरहेकी छिन् ‘दि कपिल शर्मा शो’की सुमोना

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ३ गते ११:३१

कमेडी शो ‘दि कपिल शर्मा शो’मा काम गरिसकेकी कलाकार सुमोना चक्रवर्तीले आफू लकडाउनको समयमा वेरोजगार भएको उल्लेख गरेकी छिन् ।

सामाजिक संजालमा आफ्नो मनको कुरा सार्वजनिक गर्दै उनले आफू लकडाउनको समयमा कामविहिन भएको बताएकी हुन् । साथै, उनले आफू १० बर्षदेखि एक गम्भिर रोगसँग लडिरहेको पनि उल्लेख गरेकी छिन् ।

सुमोनाले लकडाउनको समय आफ्नो लागि सहज नभएको उल्लेख गरेकी छिन् । उनले लेखेकी छिन्–‘लकडाउनको समयमा म बेरोजगार भएकी थिएँ । मसँग काम केही पनि थिएनँ । तर, म परिवारको खर्च चलाउन सक्षम छु ।’

सुमोनाले आफू १० बर्षदेखि एक गम्भिर रोगबाट जुधिरहेको पनि उल्लेख गरेकी छिन् । उनका अनुसार, उनी एन्ड्रोमोट्रियोसिस नामक रोगसँग लडिरहेकी छिन् । यो रोग चौथो स्टेजमा रहेको उनले उल्लेख गरेकी छिन् । यसले गर्भाशयमा निकै नै पीडा दिने र यसबाट बच्नका लागि खानपान, व्यायम र तनावविनाको जिन्दगी जिउनु पर्ने उनले उल्लेख गरेकी छिन् ।

सुमोनाले बलिउडमा अब नायक–नायिकाको यूग सकिएको भन्दै राम्रो कथामा काम गर्न चाहेको पनि बताएकी छिन् । उनले आफूलाई साइको वा प्रहरी अफिसर्सको भूमिकामा काम गर्न मन लागेको पनि बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?