Comments Add Comment

शिक्षा पत्रकारबाट अनुगमन समिति बहिस्कार

१४ फागुन, काठमाडौं । उच्च माध्यमिक शिक्षा परिषदको अनुगमन समितिबाट दुई जना सदस्यले राजिनामा दिएका छन् । पत्रकारको प्रतिनिधित्व गरेका शिक्षा पत्रकार संजाल (इजोन)का अध्यक्ष ईश्वरराज ढकाल र प्रकाश सिलवालले राजिनामा दिएका हुन् ।

सो समितिमा विगत साढे दुई वर्षदेखि रहदै आएका दुई जनाले परिषदको पछिल्लो गतिविधिप्रति असहमति जनाउदै राजिनामा दिएका हुन् । दुवैजनाले विहीवार विज्ञप्ति जारी गरी समितिमा नरहेको जानकारी दिएका छन् ।

ढकाल र सिलवालले समितिलाई नाटकको संज्ञा दिँदै परिषदका पदाधिकारीहरुले शिक्षा पत्रकारहरुलाई समितिमा राखी साक्षीका रुपमा दुरुपयोग गरेको महशुस भएपछि समितिबाट राजीनामा दिएको जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment