Comments Add Comment

धर्म परिवर्तनमा लाग्ने संस्थाको दर्ता खारेज हुने

१५ फागुन, काठमाडौं । विदेशबाट आर्थिक सहयोग ल्याई धर्म परिवर्तनको अभियान चलाउने गैरसरकारी संघसंस्थाका गतिविधिलाई सरकारले नियमनको तयारी गरेको छ । त्यस्ता संघसंस्थालाई पहिलो चरणमा सचेत गराउने, अटेर गरे दर्ता खारेजसम्मको कारबाही गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा दर्ता गरी समाजकल्याण परिषदमा समेत आवद्धता भएका संस्थाको संख्या ४० हजारभन्दा धेरै छ । पछिल्लो समय आर्थिक प्रलोभनमा पारी धर्म परिवर्तनमा सक्रिय संस्थाको संख्या उल्लेख्य वृद्धि भएको पाइएको महिला, बालबालिका तथा समाजकल्याणमन्त्री नीलम केसीले बताएको कारोबारमा खबर छ । मन्त्री केसी भन्छिन्-‘एक खालको उद्देश्य लिई दर्ता भएका संघसंस्थाले आर्थिक अनुदानको लोभमा धर्म परिवर्तनको अभियान चलाएको जानकारी प्राप्त भएको छ ।’

त्यस्ता संस्थाका गतिविधिलाई आफूले अध्ययन गरिरहेको उनी सुनाउँछिन् । ‘धर्म परिवर्तनमा लागेको पुष्टि भए संस्थालाई पहिलोपटक सचेत गराउँछौं, अटेर गरे दर्ता खारेज गछौं ।’ संस्था दर्ता ऐन २०३४ ले धर्म परिवर्तनको उद्देश्य राखेर कुनै पनि संस्था दर्ता गर्न अनुमति दिएको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment