Comments Add Comment

बलात्कारको घटना रकम लेनदेनमा मिलापत्र

निमुसंगम घर्ती

१५ फागुन, घोराही । दाङमा बलात्कारको घटनामा रकम लेनदेन गरी मिलापत्र भएको घटना सार्वजनिक भएको छ । तुलसिपुरका एक बृद्धले आफ्नै घरमा डेरागगरी बस्ने १५ वर्षकी किशोरीलाई बलात्कार गरेको र घटना बाहिर नल्याउने सर्तमा मिलापत्र स्वरुप २ लाख ५० हजार रुपैयाँमा पीडित र पीडकबीच मिलापत्र भएको हो ।

बलात्कीत किशोरीले केही दिनअघि राप्ती उपक्षेत्रिय अस्पतालमा छोराको जन्म दिएकी छिन् । डेरा गरी बसेकी उनमा एकाएक अस्वभाविक लक्षणहरु देखापरेपछि परिवारले बलात्कार भएको थाहा पाएको थियो । जानकराी पाउँदा समय निकै बितिसकेकाले गर्भपतन गराउन नसकिएको किशोरीका आफन्तले बताएका छन् । ‘मेरो आफन्त माथि यस्तो घटना भएको थाहा पाएपछि उजुरीका लागि घोराही गएको थिए, तर घरबाट फोन गरेर अब कुरा यतै मिलाउनु पर्छ भनेपछि फर्केर आए,’ एक आफन्तले भने ।

पछि २ लाख ५० हजार रुपैयाँमा घटनालाई नलम्बाउने भनि सहमति गरेका हुन् । घर मालिकले बलात्कार गरी परिवारलाई पनि आर्थिक लेनदेनकै आधारमा अपराधलाई लुकाएको भन्दै महिला अधिकारकर्मीहरुले आपत्ति जनाएका छन् । पीडितहरुले न्यायका लागि कानुन र अधिकार खोज्ने बेलामा आर्थिक लेनदेनमा फस्दा आफुहरुको हिंसा बिरोधी अभियानमा गम्भिर असर परेको अधिकारकर्मी महिलाहरुको भनाई छ ।

सुत्केरी  र बच्चा अहिले सुरक्षा आबास गृहमा रहेका छन् ।

बच्चलाई धर्मपुत्र दिइने

यसैबीच बच्चालाई धर्मपुत्रकोरुपमा अरुलाई दिने विषयमा छलफल भएको छ । सुत्केरी किशोरीलाई शिक्षा दिने र सामाजिक हेराईबाट बच्नका लागि बच्चालाई धर्मपुत्रकारुपमा अन्यलाई दिने प्रयास समेत भएको स्रोतले बतायो ।

तर कानुनीरुपमा आमा हुँदाहुदै बच्चा अरु कसैलाई दिन नमिल्ने स्थानीय प्रशासनले जनाएको छ । बच्चाको बाँच्न पाउने अधिकार सुरक्षित हुनुपर्ने र अब बच्चाको बाबुको नाता कायम गर्ने पक्षमा लाग्नु पर्ने प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालले बताए । अर्यालले भने-‘जे काम भएको छ सबै कानुन विपरीत भएको छ’ उनले भने ‘अब बच्चाको पालनपोषण र बाबु किटान गर्नु पर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment