Comments Add Comment

लाठी नबोक्नोस्, ‘हुट’ मा नचढ्नोस् : मानवअधिकार आयोग

१५ फागुन, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाले शनिबार गर्न लागेको जनप्रदर्शनप्रति चासो देखाएको छ । आयोगले जुलुसमा लाठी नबोक्न र कार्याकर्तालाई बसको हुटमा नचढाउन भनेको छ ।

Anupraj-Sharma-And-Sudip-Pathak

  •  अनुपराज शर्मा (वायाँ) र सुदीप पाठक

आयोगका अध्यक्ष अनुपराज शर्मा र सदस्य सुदीप पाठकले शुक्रबार सिंहदरवारस्थित माओवादी संसदीय दलको कार्यालयमै पुगेर ३० दलका नेताहरुलाई भेटेका छन् । स्रोतका अनुसार भेटमा आयोगका अध्यक्ष शर्माले जनप्रदर्शनमा लाठी प्रयोग हुन नहुने भन्दै चासो राखेका हुन् ।

एमाओवादी मजदुर नेता शालिकराम जम्मरकट्टेलले वाइसीएलको कार्यालयमा घोषणा गरेर नै लाठी प्रयोग भएको भन्दै शनिबारको जनप्रदर्शनमा भने लाठी नबोक्ने बताएका छन् ।गृहमन्त्रीले आवश्यकरुपमा आतंकित पार्ने प्रयास गरेको कट्टेलको आरोप थियो ।

आयोगका पदाधिकारीहरुले जनप्रदर्शन शान्तिपूर्ण बनाउन र मानवअधिकार उल्लंघनका घटनाहरु हुन नदिन आग्रह गरेका छन् ।

त्रिपाठीले भने – लाठी हतियार हो र बोक्न नहुने ?

भेटमा तमलोपाका वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठीले भने आफ्ना कार्यकर्ताले लाठी बोक्ने बताए । उनले भने-‘मधेसका मान्छे पहाडमा जाँदा लाठी बोक्छन्, हाम्रा कार्यकर्ता भोलि लाठी लिएर आउँछन् ।’

आक्रामक रुपमा प्रस्तुत भएका त्रिपाठीले आयोगका अध्यक्षलाई प्रश्न गरे- ‘लाठी हतियार हो र बोक्न नमिल्ने ?’

जवाफमा मानवअधिकार आयोगका अध्यक्ष शर्माले लाठी हतियार नभएको र बोक्नै हुन्न भन्ने नरहेको तर, त्यसको प्रयोग गलत ठाउँमा नहोस् भन्नेमात्र आफूहरुको चासो रहेको बताएका थिए ।

आयोगका पदाधिकारीहरुले कार्यकर्ता ल्याउँदा बसको छतमा राख्नुहुन्छ कि राख्नुहुन्न भन्ने प्रश्नसमेत गरे । जवाफमा ३० दलका नेताहरुले जनप्रदर्शनमा आउने कार्यकर्ता बसमा चढ्ने बताएका थिए ।

पदमरत्नका कार्यकर्ता कुटिँदा आयोग कहाँ थियो ?

आयोगका पदाधिकारीसँगको छलफलमा सामाजिक लोकतान्त्रिक पार्टीका नेता पासाङ शेर्पाले पद्मरत्न तुलाधर मोर्चाको सभामा प्रहरीले हस्तक्षेप गर्दा आयोगले सरकारलाई गम्भीर ध्यानाकर्षण नगराएको भन्दै आपत्ति जनाएका थिए ।

तमलोपाका नेता त्रिपाठीले ३० दलको कार्यक्रम शान्तिपूर्ण हुने बताउँदै किशोरीलाई एसीड हान्नेलाई सरकारले अझैसम्म पक्राउ गर्न नसकेको भन्दै मानवअधिकार कहाँ कहाँ उल्लंघन भएको छ भनेर सरकारलाई सोध्न आग्रह गरेको स्रोतले बतायो ।

वक्ता तोक्ने जिम्मा प्रचण्डलाई

यसैबीच ३० दलको बैठकमा जनप्रदर्शन तथा खुलामञ्चमा हुने आमसभाका वक्ता तोक्ने जिम्मा एमाओवादी अध्यक्ष प्रचण्डलाई नै दिइएको छ । शुक्रबार बसेको बैठकले सबै पक्षलाई समेटेर ११ देखि १६ जनाले सम्बोधन गर्ने निर्णय गरेको छ । वक्ता भने प्रचण्डले नै तोक्ने छन् ।

बैठकमा प्रचण्डले आजसम्म आइपुग्दा आफूहरु उद्देश्यमा सफल भइसकेको भन्दै उनले शनिबारको सभा राम्रो गरी समापन गर्नुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment