Comments Add Comment

नेपालीको आयु ७० वर्ष, दुर्गम र सहरी क्षेत्रको आयुदरमा ठूलो अन्तर

१५ फागुन, काठमाडौं । दुर्गम र सहरी क्षेत्रबीचका आयुदरमा ठूलो अन्तराल देखा परेको छ ।

काठमाडौंमा जन्मिने शिशुको आयुदर ८२ वर्ष र जुम्लाको शिशुको आयुदर ३६ वर्ष मात्र हुने एवम् सरदर नेपालीको आयु ७० पुगेको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

तेस्रो स्वास्थ्य दिवसमा अवसरमा आयोजित कार्यक्रममा महानिर्देशक डा सेनेन्द्रराज उप्रेतीले सहरी क्षेत्र र दुर्गम क्षेत्रबीचका आयुदरमा ठूलो अन्तराल देखा परेको जानकारी दिए । असमान आयुदर कम गर्न मन्त्रालयले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन विभिन्न तहमा २१ हजार जनशक्ति थप गर्न लागेको उनले बताए ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा प्रतिदश हजार जनसङ्ख्यामा एक चिकित्सक पर्छन् । सङ्गठनका मापदण्डमा १५ जनामा एक चिकित्सक हुनुपर्ने प्रावधान छ ।

विभागले आठ हजार चिकित्सक, नर्स, जनस्वास्थ्य अधिकृत, सहायक जनस्वास्थ्यलगायत दरबन्दी थपका लागि विभिन्न निकायबाट स्वीकृत पाइसकेको तथा बाँकी १४ हजार दरबन्दी तेस्रो स्वास्थ्य सेवा रणनीति कार्यान्वयनका क्रममा थप गर्न लागेको छ । सबै उपस्वास्थ्य चौकी स्वास्थ्य चौकीमा स्तरोन्नति भइसकेकाले ती जनशक्ति आवश्यक परेको हो ।

विभागले तीन हजारभन्दा बढी स्वास्थ चौकीमा एक छात्रवृत्तिमा अध्ययन गरेका र एक दरबन्दीमा रहेका  दुई  चिकित्सक, तीन नर्स, अहेबलगायत जनशक्ति, आवश्यक उपकरण र औषधि पुर्‍याउने महत्वकाङ्क्षी योजना कार्यान्वनको तरखर गर्दैछ ।

तारे होटलमा स्वास्थ्य कार्यक्रम नगर्न निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खगराज अधिकारीले स्वास्थ्य चौकीमा म्याद नाघेका औषधि र उपकरण नराख्न निर्देशन दिँदै म्याद नाघेका औषधि वितरण गरेको पाइएमा कारबाही गरिने चेतावनी दिए ।

उनले स्वास्थ्यसम्बन्धी कार्यक्रम तारे होटलमा आयोजना नगर्न, कार्यक्रममा मदिरा नराख्न निर्देशन दिँदै निजी क्षेत्रका अस्पतालले दश प्रतिशत सेवा निःशुल्क गर्नुपर्ने प्रावधानलाई कडाइका लागू हुनु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment