Comments Add Comment

होली खेल्दा २ जनाको मृत्यु

२१ फागुन, काठमाडौं । होली खेल्ने क्रममा विहीबार २ जनाको मृत्यु भएको छ । चितवनमा एक युवकको र रुकुममा एक बालकको मृत्यु भएको हो ।

चितवनको कुरिनटारबाट होली खेलेर घर फर्कने क्रममा ट्रकले ठक्कर दिँदा मुग्लिनका २८ वर्षीय सुरेश गुरुङको मृत्यु भएको छ । ना ६ प ६५०६ नम्बरको मोटरसाइकलमा सवार गुरुङलाई मुग्लिन नजिकै सिमलधारामा काठमाडौं आउँदै गरेको ना ५ ख ४४२१ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएको गुरुङको चितवनको भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाइकललाई ठक्कर दिएर भाग्दै गर्दा ट्रक चालकलाई कुरिनटारबाट प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक गुरुङका आफन्तले दोषिलाई कारवाही र क्षतिपूर्तिको माग गर्दै मुग्लीनमा सडक अबरुद्ध पारेका छन् ।

RUKUM-CHILD-DEATH

  • रुकुममा बालकलाई ठक्कर दिएपछि जम्मा भएको स्थानीयको भीड । तस्वीर : गणेश खनाल

रुकुममा ट्रकले किचेर बालकको मृत्यु

यसैगरी रुकुमको खलंगामा होली खेल्दै गरेका एक बालकको लु १ ज ५३२२ नम्बरको मालवाहक ट्रकले ठक्कर दिँदा मृत्यु भएको छ ।

दाङ तुल्सीपुरबाट सामान लिएर आएको ट्रकले खलंगाको त्रिवेणी चोकमा विहान ८ बजे ठक्कर दिँदा रुकुम रुघा ७ का १३ वर्षीय नवराज घर्तीको मृत्यु भएको हो । तिव्र गतिमा आएको ट्रकले बालकलाई किचेर मारेको प्रत्यक्षदर्शीले बताएका छन् ।

बालकलाई किचेर भाग्न खोजेका चालक मिनराज पुनलाई जिल्ला प्रहरी कार्यालय रुकुमले नियन्त्रणमा लिएको छ ।

बालकका आफन्त र स्थानीयले दोषीलाई कडा कारवाही तथा मृतकका परिवारलाई क्षतिपूर्ति दिन माग गर्दै घटनास्थलमा विरोध प्रदर्शन गरे । प्रदर्शनलाई नियन्त्रणमा लिने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि स्थिति तनावग्रस्त भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment