+
+

फिल्म समीक्षाः राजनीति र सेक्सको मिश्रण ‘डर्टी पोल्टिक्स’

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन २३ गते १०:४६

durty politicsचलचित्रः डर्टी पोल्टिक्स
निर्देशकः केसी बोकाडिया
कलाकारः ओम पुरी, मल्लिका शेरावत, अनुपम खेर, नसीरुद्दिन शाह, ज्याकी श्राफ, सुशान्त सिंह, राजपाल यादब, गोविन्द नामदेव, आशुलोष राणा आदि ।

राजकुमार, अमिताभ बच्चन, रजनीकान्त, मिथुन चक्रवर्ती, सलमान खान, शाहरुख खान जस्ता दिग्गजहरुलाई लिएर फिल्म बनाएका छन् निर्देशक केसी बोकाडियाले ।

लगभग १२ वर्षपछि उनको मल्टिस्टार फिल्म सार्वजनिक भएको छ ‘डर्टी पोल्टिक्स’ । यो फिल्म भंवरीदेवी र राजनेता महिपाल मदेरणाको सेक्स टेपको कन्ट्रोभर्सीमाथि आधारित छ ।

कथा

राजनीतिलाई विविध रंगमा दर्शाएको छ डर्टी पोल्टिक्समा । यस फिल्मको केन्द्रमा छिन् अनोखी देवी (मल्लिका शेरावत) र मन्त्री दीनानाथ (ओमपुरी) ।

अनोखीदेवी डान्सर हुन्छिन्, आफ्नो महत्वकांक्षा पुरा गर्नका लागि दीनानाथसंग यौन सम्बन्ध राख्छिन पटक-पटक । संर्सगका दृष्यलाई क्यामेरामा कैद गरेकी उनको यसको एउटै उदेश्य हुन्छ, दीनानाथसँग ब्ल्याकमेलिङ ।

सेक्सटेप खिचेको थाह पाएपछि प्रतिष्ठामा आँच आउने डरले दीनानाथ साम, दाम, दण्ड सबै अस्त्र प्रयोग गर्छन् । तर, पनि अनोखी डराउँदिनन् । दीनानाथलाई धम्कि दिईरहेकी हुन्छिन् ।

यही घटनामा विभिन्न चरित्रमा सहभागी हुन्छन् अनुपम खेर, नसीरुद्दिन शाह, ज्याकी श्राफ, सुशान्त सिंह, राजपाल यादब, गोविन्द नामदेव । यो फिल्ममा केही नेता भ्रष्टाचारको दलदलमा फसेको प्रसंग पनि उठाईएको छ ।

के छ हेर्ने कुरा ?

फिल्ममा मल्लिका शेरवतको मादकता र बोल्ड सिन छ । यदि कोही मल्लिकाको बोल्ड अवतारको फ्यान छ भने फिल्म हेर्दा हुन्छ । तर, यो फिल्म हेर्ने मान्छे १८ वर्ष पूरा भएकै हुनपर्छ । किनकी यो फिल्ममा अवशब्द र बोल्डसिन धेरै छ ।

नहेरे पनि हुने कारण

यदि तपाई परम्परागत कथामा बनेका फिल्म मन पराउनुहुन्न र मौलिक विषयको खोजीमा हुनुहुन्छ भने यो फिल्म हेरेर तपाईले मनोरञ्जन लिनसक्नुहुन्न । फिल्म हेर्दा लाग्छ मल्लिकालाई अभिनयको वर्कसपमा राख्नुपर्ने देखिन्छ । बोल्ड दृष्य बाहेकमा मल्लिकाको अभिनय निकै कमजोर छ । संवाद निकै फितलो छ ।

(एजेन्सीको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?