२४ फागुन, काठमाडौं । टोयोटा गाडिको नेपाली बिक्रेता यूनाइटेड ट्रेडर्स सिन्डिकेटले ‘टोयोटा ड्रिम अ कार आर्ट कन्स्टेष्ट’ का विजेता घोषणा गरेको छ ।
‘योर ड्रिम कार’ मूख्य विषय रहेको प्रतिस्पर्धामा ३० भन्दा बढी विद्यालयबाट १५ वर्षमुनिका विद्यार्थीहरु सहभागी थिए । प्रतिस्पर्धामा करिव एक हजार चित्रहरु प्राप्त भएको कम्पनीले जनाएको छ ।
सहभागीलाई ८ वर्षमूनि, ८ देखि ११ वर्षसम्म र १२ देखि १५ वर्षसम्मका गरी तीन उमेर समूहमा विभाजन गरिएको थियो ।
आठ वर्षमूनिको समुहमा प्रथम मोडर्न इन्डियन स्कुलका आर्यन सराज भएका छन भने दोस्रो उर्जा रानामगर र तेस्रो प्रभास बज्राचार्य भएका छन् ।
आठदेखि ११ वर्ष उमेर समुहमा प्रथम देव सरावगी भएका छन भने अञ्जली केडिया दोस्रो र खुशी सराज तेस्रो हुन सफल भएकी छन् ।
१२ देखि १५ वर्ष उमेर समुहामा अनुनय पराजुली प्रथम, सन्तोष भट्ट दोस्रो र इनुशा पौडेल तेस्रो भएकी छन् ।
प्रत्येक समुहमा प्रथम हुनेलाई २० हजार, दोस्रो हुनेलाई १० हजार र ५ हजार पुरस्कार प्रदान गरिएको छ ।
बालबालिकाहरुको परिकल्पनालाई प्रस्फुटित गराउने र आफ्नो सपनाको कार डिजाइनका साथै तिनीहरुलाई कारहरुको लागि जिज्ञासु बनाउँदै उनीहरुको कल्पनालाई साकार पार्नु कार्यक्रमको लक्ष्य रहेको बताइएको छ ।
यसबाहेक प्रतियोगिताले टोयोटा मोटर कर्पोरेशनलाई भावी पुस्ताहरुले भविश्यको कार कस्तो हुन्छ भन्ने अपेक्षा गरेका छन् भनेर सुक्ष्म रुपमा हेर्न समेत सहयोग गर्दछ ।
टोयोटा मोटर्स कर्पोरेशन जापानले नेपालसहित विश्वका ७७ मुलुक तथा क्षेत्रहरुमा यो कार्यक्रम आयोजना गरिरहेको छ । ती देशहरुबाट छनौटमा परेका उत्कृष्ट चित्रकलाले जापानमा यहि वर्ष हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । जहाँ उनीहरुलाई प्रतिस्पर्धाद्धारा स्वर्ण, कास्य र रजत पदकका लागि चयन गरिनेछ ।